‘पेनिस फिस’ले पेनिक !

सोमबार, १४ पुष २०७६, ०१ : ३० शुक्रवार
‘पेनिस फिस’ले पेनिक !

पुरुषहरुको लिङ्ग आकारको माछा बेलायती समुद्री किनारमा ठूलो संख्यामा मृत फेला परेको पाइएपछि केही मान्छे मुख छोप्दै हाँसो लुकाउने प्रयास गरे भने केहीले ती माछा मर्नुको कारण खोज्दै समाधान गर्नुपर्ने आवाज बुलन्द गर्न थाले।

हुन पनि नामै ‘पेनिस फिस’ भएकाले यो पुरुष जनेन्द्रियजस्तो देखिने भइहाल्यो ! यी माछा कसरी ठूलो संख्यामा किनारामा बजारिए र तिनको सामूहिक हत्या हुन पुग्यो भन्ने अध्ययन भने वैज्ञानिकहरुले गरिरहेका छन्।

केहीले यी माछा समुद्रको छालसँगै बगेर किनारामा आइपुगेको बताएका छन्। कारण जे भए पनि ठूलो संख्यामा यी माछा किनारमा पछारिएपछि सामुद्रिक चराहरुका लागि त दसैँ नै आइहाल्यो।

‘पेनिस फिस’ दक्षिण–पूर्वी एसियाली मुलुकमा माछाको सबैभन्दा राम्रो खान्कीका रुपमा गनिन्छ। त्यहाँ त यसलाई ज्यूँदै नूनसँग चोपेर खानेहरु पनि भेटिन्छन्। झन् पकाएर त विभिन्न परिकारसँग मिसाएर खानेहरुको पनि कुनै कमी छैन।

Leave A Comment