क्रिसमस उपहार डिएनए परीक्षण !

सोमबार, १४ पुष २०७६, ०१ : ३५ शुक्रवार
क्रिसमस उपहार डिएनए परीक्षण !

कहिलेकाहीँ रमाइलोका लागि गरिने काम बडो पीडादायक बन्न पुग्छ। खासगरी उपहार दिनका लागि केही कुरा गोप्य तरिकाले गरिन्छ र त्यसको परिणाम उल्टो भए, के हुन्छ ?

हालै अहिले बेलायतमा यस्तै घटेको छ। एक जना महिलाले आफ्नो ब्वाई फ्रेन्डलाई खुसी बनाउन डिएनए टेस्ट गराइन्।

यो कुराको खुलासा गर्ने पुरुष तथा महिलाको नाम भने सार्वजनिक गरिएको छैन। रेडइट सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भाइरल पोस्टमा यसबारे लामो कथा छ।
त, छोटकरीमा सुनाउँछु।

यो क्रिसमसमा केही रमाइलो गरौँ भन्ने उद्देश्यका साथ केटी साथीले केटाको डिएनए परीक्षण गराइन्। समस्या के भयो भने केटाले जब डिएनएको परिणाम हेरे, उनलाई आश्चर्यले घे¥यो किनभने उनले सोचेको भन्दा बेग्लै परिणाम देखियो।

जसलाई केटाले आफ्नो बाउ ठानेको थियो, ऊ बाउ रहेन भन्ने खुलासा डिएनए परीक्षणले देखाएको थियो। यसपछि ऊ आमासँग झगडा गर्न निस्कियो र आमाले पनि बाध्य भएर मुख खोल्नुप¥यो, ‘तेरो बाउ घरमा नभएका बेलामा दुर्घटना घट्यो !’

Leave A Comment