राज्यमन्त्रीलाई थप्पड उपहार

शुक्रबार, १८ पुष २०७६, १२ : १३ शुक्रवार
राज्यमन्त्रीलाई थप्पड उपहार

पुस १५ मा दुई नम्बर प्रदेशका राज्यमन्त्रीको गालामा सांसदले हत्केलाले स्पर्श ग-र्यो। स्पर्श मायालु थिएन, कडा थियो। अँ त्यसलाई थप्पड भन्छन्। सांसदको थप्पड भेट्ने राज्यमन्त्री योगेन्द्र यादव दुई नम्बर प्रदेश हुन्। अनी उनलाई थप्पड हान्ने चै नेपाली कांग्रेस प्रदेश सभा सदस्य प्रमीलादेवी दास।

भएछ के भने उपभोक्ता समितिको भुक्तानि रोकिएको रहेछ। यही विषयमा उनी रिसले बमबम भएकी रहिछिन्। अनी मन्त्री देखेपछि रिस थाम्न नसकेर पड्काइदिइछिन्। यही बिषयलाई लिएर नेकपा र नेपाली कांग्रेसका प्रदेश सभा सदस्यले प्रदेश सभा वैठक नै अवरुद्ध गरिदिए।

प्रदेश सभा वैठक बसेलगत्तै  कांगे्रस प्रदेश सभा सदस्यले उपभोक्ता समितिको भुक्तानिको विषय उठाएर वैठक अवरुद्ध गरे। वैठक अवरुद्ध भएपछि बाहिर निस्केकी प्रदेश सभा सदस्य दासले मन्त्री देखिन्। प्रदेश सरकारको कामकार्वाहीको चौतर्फी विरोध भएपनि सरकारका मन्त्री लाज पचाएर बसेको भनेपछि दास र मन्त्री यादवबीच विवाद भयो। सांसद दासलाई सन्कि चढिहालेछ अनी मन्त्रीलाई झापड दिइन् ।
यो मात्रै घटना कहाँ हो र !
करिव दश बर्ष अघि तत्कालिन कृषी राज्यमन्त्री करिमा बेगमले पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारिलाई थप्पड हानेकी थिइन्।  काठमाडौंबाट गृहजिल्ला पर्सा जानेक्रमा सिमरा विमानस्थलमा आफुलाई लिन थोत्रो गाडी पठाईदिएको भन्दै बेगमले प्रमुख जिल्ला अधिकारि भण्डारिलाई कार्यस्थलमै पुगेर थप्पड हानेको समाचार छताछुल्ल भएको थियो।

यि त नेताले पिटेको कुरा भए। जनता पनि के कम छन् र ?तत्कालिन एमाले अध्यक्ष झलनाथ खनालले इटहरिको एक कार्यक्रममा एक व्यक्तिबाट झापट खाएका थिए। पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजधानिकै भृकुटिमण्डपको एक कार्यक्रममा झापड भ्याए। तत्कालिन कांग्रस सभापति शुसिल कोइरालाले पनि आफ्नै कार्यकर्ताले एउटा फ्रेको कुर्सीको झट्टी छोडेका थिए।

नियम, कानुन बनाउने नेताले नै गुण्डागर्दी शैलीमा झापड हान्न थालेपछि देशको हालत के होला ! जनताले के सिक्ने होला ! जनताले नेता अनि नेताले पनि मन नपरेका व्यक्तिलाई बजाइहाल्ने की के हो ?

Leave A Comment