कक्षामा सांसदको फोटो सेसन

शुक्रबार, १८ पुष २०७६, १२ : २५ शुक्रवार
कक्षामा सांसदको फोटो सेसन

यसै बर्ष एसईई उत्तीर्ण भएकी प्रतिनिधि सदस्य शान्ता चौधरीको फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उनले फेसबुकमा कलेज ड्रेस लगाएर कक्षा कोठामा बसेको फोटो पोस्ट गरेकि छिन्। उनी काठमाडौंको कोटेश्वरस्थित हिमालयन कलेजमा कानुन विषय लिएर अध्ययन गरिरहेकी छिन्। १६ बर्षे विद्यार्थी झैं कोट पाइन्टमा ढल्किएर कक्षामा बसेकी चौधरीले लेखेको जस्तो फोटो पनि पोस्ट्याएकी छिन्।

सामान्यतः कलेजको कक्षा कोठा भित्र फोटो खिच्न त परै जाओस मोवाइल चलाउनसम्म पाइन्न। कक्षामा मोवाइल चलाउनु शिक्षक तथा कलेजको नजरमा अनैतिक गतिविधि हो। त्यस्ता अनैतिक गतिविधि गर्ने विद्यार्थी कार्वाहीको भागिदार हुने अवस्था आउँछ। क्यामेराले खिचेको हो वा मोवाइलले त्यो त एकिन छैन। तर जे भएपनि फोटो भने कसैले खिचिदिएकै देखिन्छ। उनको हातमा कलम र बेन्चमा कापी पनि भएको हुनाले पढाइभइरहेकै अवस्थामा फोटो खिचेको देखिन्छ। विद्धवान बन्ने रहर पु-याउने मिसनमा लागेको माननिय ज्यूले नैतिकतालाई पनि ख्याल गर्दा राम्रो पो हुन्थ्यो कि ? त्यसमाथि कक्षा कोठैमा फोटो खिच्नुपर्ने कस्तो रहर हौ। ए जनतालाई म पनि पढ्दैछु भन्ने देखाउन त होलानी हैन त ?

Leave A Comment