नेपालकै उत्पादन राम्रो

शुक्रबार, १८ पुष २०७६, १२ : ४५ शुक्रवार
नेपालकै उत्पादन राम्रो

स्वदेशी उत्पादन प्रवद्र्धन गर्न नेपाल रिपब्लिक मिडिया अन्तर्गतको रेडियो नागरिक ९६.५ को आयोजनामा भएको ‘ब्रान्ड नेपाल गो लोकल २०१९’ इभेन्टका अवलोकनकर्ताहरु नेपाली सामान देखेर दंग परेका थिए। गत शनिबार ठमेलको छायाँ सेन्टरमा आयोजिक कार्यक्रममा नेपाली सामानबारे जिज्ञासुहरुको उल्लेख्य उपस्थिति थियो।

इभेन्टमा नेपालमै उत्पादित विभिन्न उत्पादनहरुको स्टलमा आगन्तुकहरु झुम्मिएका थिए। अवलोकनकर्ताहरुले स्टलमा राखिएको ह्यान्डिक्राफ्ट, लत्ताकपडा, फुड, सजावटका विभिन्न सामाग्री, उपहारजन्य उत्पादनले स्टल लगायतका सामान रुचाएका थिए।

इभेन्टबाट नेपाली व्यवसायीहरु पनि खुशी देखिएका छन्। ‘हाम्रो उत्पादन पनि विदेशी ब्रान्डभन्दा कमजोर छैन,’ व्यवसायी रुजला दाहाल भन्छिन्, ‘मेलाबाट हाम्रो ब्रान्ड बिस्तारमा सहयोग मिलेको छ।’ रेडियो नागरिकले दोस्रो पटक मेलाको आयोजना गरेको हो।




Leave A Comment