आमा बनिन् विनिता

मङ्गलबार, २२ पुष २०७६, १२ : १६ शुक्रवार
आमा बनिन् विनिता

अभिनेत्री विनिता बराल आमा बनेकी छन्। उनले गत महिना कोक्रो बनाएको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेकी थिइन्।

अमेरिकामा रहेकी उनले प्रेमी पनि फेसबुकबाटै सार्वजनिक गरेकी थिइन् भने आफू आमा बन्न लागेको तस्बिर पनि फेसबुकमै राखिन्। आफू पहिलो सन्तानको आमा बनेको जानकारी पनि सामाजिक सञ्जालमै राखिन्। उनले छोरीको नामसमेत राख्न भ्याइसकिन्– ‘काया’। अस्पतालको बेडमा खिचिएका तस्बिरमा उनी खुसी देखिएकी छन्।

नायिका, लेखिका अनि कृषक तीन वटै भूमिकामा नजमेपछि अमेरिका हान्निएकी उनले गत जेठमा प्रेमी तिलक पौडेलसँग विवाह गरेकी थिइन्।

Leave A Comment