सित्तैमा पाए अलकत्रा नि खाने

बुधबार, २३ पुष २०७६, १२ : २० शुक्रवार
सित्तैमा पाए अलकत्रा नि खाने

मिहिनेत त राम्रै गरेका थियो, ‘गोपी’ टिमले। कथा र पात्र चयनमा पनि होस पु-याएकै हो। बिपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, भोला सापकोटाको अभिनय थियो फिल्ममा। तर कथावस्तु पस्कने क्रममा चिप्लदा यो टोलीले हलमा दर्शकबाट न्यायो माया पाउन सकेन। तर युट्युबमा फिल्म रिलिज भएपछि भने अचम्मकै रेस्पोन्स पाइरहेको छ ‘गोपी’ले।

रिलिज भएसँगै अहिले यो फिल्म युट्युबको नेपाल ट्रेन्डिङमा पहिलो नम्बरमा छ। १८ लाख बढीले फिल्म हेरिसके। फिल्म हेरेर गाली पो गरेका छन् कि भनेर यसो कमेन्ट सेक्सन हेरेको, प्रशंसै प्रशंसा पो छ ! कसैले फिल्मको माधव मात्र आफूजस्तै लागेको भनेका छन् त कतिले हरेक नेपाली किसानले हेर्नुपर्ने फिल्म भनेका छन्। कृषिकर्म गर्दा डुबेका किसानको कथा बोकेको फिल्म नचल्दा निर्माता डुबे। युट्युबमा फिल्म हेर्ने आधा मात्रै दर्शक हलसम्म गइदिएका भए निर्माता पनि डुब्दैनथे अनि किसानको कथा पनि डुब्दैनथ्यो। ‘गोपी’को युट्युब रेस्पोन्सले नेपालीको बानी सित्तैमा पाए अलकत्रा पनि खाने भनेझैँ देखियो।

Leave A Comment