राजबल्लभको खुसी

बुधबार, २३ पुष २०७६, १२ : ३२ शुक्रवार
राजबल्लभको खुसी

नेपालमा राम्रो डिमान्ड हुँदाहुँदै अमेरिका भासिएका नायक राजबल्लभ कोइरालाले हलिउड प्रवेशको सपना बोके पनि सफल भएन। उनको हैसियत अमेरिका भासिने अन्य नेपालीझैँ नै भयो। यता हुँदा बारम्बार उनी प्रेम प्रसंगको विवादमा आउँथे, कहिले नायिकासँगको सम्बन्ध त कहिले ब्याङ्करसँग।

अमेरिकातिरै बसेपछि भने विवादबाट उनले पार पाए र उतै विवाह गरे। सामाजिक सञ्जालमा कहिले हराउने त कहिले सक्रिय भइरहने उनलाई उनका फ्यानहरुले पनि बिर्सिएझैँ थियो तर गत साता उनको फेसबुक पेजमा बधाईको ओइरो लाग्यो। बधाईको कारण बेबीबम्पसहित उभिएकी महिलासँगको तस्बिर।

ती महिला उनकै श्रीमती हुन्। आफू बाबु बन्न लागेको सुखद् खबर आफ्ना शुभचिन्तकहरुलाई दिन उनले तस्बिर पोस्टिएका थिए। अभिभावक बन्दै गरेका जोडीको मुहारमा मुस्कान त छाउने नै भयो। दुवै निक्कै खुसी देखिएका थिए तस्बिरमा। हाम्रो ’नि शुभकामना जोडीलाई नै !

Leave A Comment