खान्न खान्न लोकाचार

बुधबार, २३ पुष २०७६, १२ : ४६ शुक्रवार
खान्न खान्न लोकाचार

धेरै गसिपका विषय बने फिल्म निर्माता तथा कलाकार दीपकराज गिरी। उनको स्वभावै त्यस्तै छ कि गसिप बनिहाल्ने। अरुलाई आर्दशका गफ सुनाउने त आफू चैँ लोकाचार देखाउने। उनको टिमले बनाएको फिल्म व्यावसायिक रुपमा सफल भए पनि उनले बारम्बार भनिरहे, राम्रो फिल्म बनाए रिलिज डेटसेटले फरक पार्दैन। तर सधैँ दसैँकै पछि लागे। तापनि बलियो नेपाली फिल्म हुँदाहुँदै हिन्दी फिल्मलाई बढी हल दिएर अन्याय भएको भनेर रोइलो पनि गरिरहन्छन्। तर राम्रो हिन्दी फिल्म रिलिज हुन लाग्यो भने रिलिज डेट सारिहाल्छन्। हिम्मत देखाउँदैनन्, हिन्दी फिल्मसँग भिड्न। छक्कापञ्जा सिरिजले दाम कमाए पनि नाम हल्का बदनाम भएपछि अब चैँ सिक्वेल नबनाउने मुडमा पुगेको पनि भनिहाल्छन्। तर सिक्वेलको मोह पनि छाड्न सक्दैनन्। त्यसैले त उनले फेरि छक्कापञ्जाको चौथो सिक्वेलको घोषणा गरिसके। दसैँको डेट त भई नै हाल्यो। अरुलाई छाड्दै छाड्दैनन्। बाध्यतावश यताउता मिति सरे फिल्म वितरक र हल मालिकको सत्तोसराप गरिहाल्छन्। यस्तो दोहोरो चरित्र देखाएपछि उनलाई नउल्लाए कसलाई उल्याउने हो ?

Leave A Comment