फिल्म खोई प्रियंका

बुधबार, २३ पुष २०७६, ०१ : ०० शुक्रवार
फिल्म खोई प्रियंका

हिट फिल्म दिन नसके पनि एक समय प्रियंका कार्कीलाई भ्याईनभ्याई थियो। तर खैे के भयो अहिले उनी फिल्मविहीन छन्। पछिल्लो फिल्म ‘प्रेम दिवस’ प्रेमी आयुष्मान देशराज जोशीसँग देखिएकी प्रियंका अर्को फिल्ममा देखिएकी छैनन्।

उनले अभिनय गरेको ‘नाईं नभन्नू ल’ र ‘छक्का पञ्जा’ को सिरिज त बन्दै छ तर उनी अनुबन्ध छिन् कि छैनन् निर्माण टिमले खुलाएको छैन अझै। आफैँले वेब सिरिज बनाएर युट्युबमा रिलिज गरे पनि त्यत्ति राम्रो रेस्पोन्स आएको देखिएन। यसरी नै करिअर ओरालो लाग्यो भने त एकादेशमा प्रियंका पनि हिरोइन थिइन् भन्ने होला है !

Leave A Comment