विवादमा दीपिका

बिहिबार, २४ पुष २०७६, ११ : ४६ शुक्रवार
विवादमा दीपिका

भारतीय नायिका दीपिका पादुकोणले विवाहअगाडि नै गर्दनमा रणवीर कपुरको नामको ट्याटु बनाएकी थिइन्। यी दुवैको प्रेमयात्रा विवाहमा पुग्यो पनि। तर अहिले आएर उनको गर्दनको भागको रणवीर ट्याटु भने गायब भयो। रणवीरसँग सम्बन्धमा रहेको चर्चा भइरहेको बेलामा उनले गर्दनमा आरके ट्याटु खोपाएकी थिइन्। यही ट्याटुले नै उनीहरु सिरियस रिलेसनमा रहेको खुलाएको थियो। तर अहिले उनको गर्दनको आरके ट्याटु गायब छ। जब ट्याटुविहीन उनको गर्दनको तस्बिर सार्वजनिक भयो, भाइरल भइहाल्यो। अहिले उनको पक्ष र विपक्षमा सामाजिक सञ्जालमा बहस भइरहेका छन्। कतिले यसलाई दुवैको सम्बन्धसँग जोडेर टिप्पणी गरिरहेका छन् त कतिले मेकअप गरेको दाबी गरिरहेका छन्।

Leave A Comment