नेपाल आइडल : पोखरामा पुरानै प्रतिस्पर्धी भिडे

शुक्रबार, २५ पुष २०७६, ११ : ५४ शुक्रवार
नेपाल आइडल : पोखरामा पुरानै प्रतिस्पर्धी भिडे

नेपाल आइडलको अडिसन पोखरा पुगेको छ। धेरैजसो नेपाल आइडल पोखराले नै पाएको छ भने यहाँका प्रतिस्पर्धी सधैँ चर्चामा रहने गरेका छन्। त्यसैले सबैको चासो यहाँका प्रतिस्पर्धी कस्ता आए भन्नेमा नै रहने गरेको छ। यस पटक  पनि पोखरामा थुप्रै प्रतिस्पर्धीले अडिसन दिए।

असिडनको पहिलो प्रतिस्पर्धीका रुपमा मुस्कान रानाभाट उपस्थित भएकी थिइन्। उनले ‘किन रुन्छ यो मन’ गीत गाएकी थिइन्। बालगीत ‘मुस्कान’ बजारमा ल्याइसकेकी मुस्कानले नेपाल आइडलको अघिल्लो पटकको अडिसनमा पनि भाग लिएकी थिए। जजले उनको आवाजको प्रशंसा मात्र गरेनन्, अर्को राउन्डका लागि कार्ड पनि दिए। उनीलगत्तै हेम बहादुर सेन्चुरी पनि अडिसनमा पास भए।
प्रिया गुरुङले ‘तिमीलाई हङकङ पु¥यायो, आइडी कार्डैले’ गाए पनि राउन्डबाट आउट भइन्।

पुराना नै फेरि भिडे
पोखरामा नेपाल आइडल सिजन वन र टु का प्रतिस्पर्धीहरु नै बढीजसो अडिसन दिन आएका देखिए। सिजन वनमा पाल्पाका कुशल श्रेष्ठ तेस्रो सिजनमा तयारीका साथ भाग लिइन आइपुगे। पहिलो अडिसनबाट फालिए पनि तीन वटा गीत रेकर्ड गरेका थिए। सिजन तीनमा आएका कुशलले आफ्नै गीत सुनाए। उनले ‘ऊ त्यहाँ हेर मेरो तस्बिर’ सुनाउँदा जज न्ह्युले रेकर्ड भएको भन्दा धेरै राम्रो गाएको भन्दै प्रशंसा गरे।

बबी सुनारले पहिलो सिजनमा आउट भए पनि सिजन ३ मा भाग्य परीक्षण गरिन्। उनले ‘तीन मोहरको धागोले’ बोलको गीत गाइन् तर अर्को अडिसनमा जान सकिनन्। बबीको गीतमा सुर नै नलागेपछि अडिसनबाटै फालिइन्।

दृष्टिविहीन सरिता
हरेक आइडलमा दृष्टिविहिनहरुले अडिसनमा भाग लिइरहेका हुन्छन्। पोखराको अडिसनमा सरिताले अडिसन दिएकी छन्। ब्याचलरसम्मको अध्ययन गरेकी सरिताले ‘यहाँ चोट दुखेको रैछ’ बोलको गीत गाइन्। उनले म्युजिक पनि सिकेको कुरा स्टेजमा नै सुनाइन्। उनलाई तीन जना जजले अर्को राउन्डको कार्ड थमाउन स्टेजमा पुगेका थिए। उनको बुबाआमालाई समेत स्टेजमा डाकेर सरिताको प्रशंसा गरे।

आसिफको नौटंकी
नेपाल आइडलको सिजन २ मा समावेश भएका नेसन बुरडुजालाई बेलाबेलामा छक्याइरहे। सञ्चालक आसिफले लु तपाईंको पालो आयो भन्दै जज न्ह्यु बज्राचार्यलाई कल गर्थे त एकछिन रे भन्दै अभ्यास गर है भन्दै अर्का  प्रतिस्पर्धीलाई अडिसन स्थलमा पठाउँथे। नेसनलाई उनले पटक–पटक झुलाएको देखेर सबै छक्क परे। तीन चोटीसम्म झुक्याएका होस्ट आसिफले फेरि अडिसन दिन जाऊँ भन्दा नेसनले पत्याउनै सकेनन्। उनको ध्यान गाउन भन्दा पनि भित्रबाट जजको कल आयो कि भन्नेमा नै आँखा जान्थ्यो। उनले पटक–पटक आसिफको हातमा हेरिहन्थेँ। फेरि झुक्याएको हो कि भनेर उनमा अलमल थियो। उनले सिजन दुईमा पनि अडिसन दिएका थिए। लास्टमा परेको भन्दै अहिले अगाडि नै लगिदिन्छु भन्दै झुक्याएका थिए। पहिलाको अडिसनमा उनी आउट भएका थिए भने यस पटकको राउन्ड उनले पास गरेका छन्।

Leave A Comment