क्षितिज भए आउट

शुक्रबार, २५ पुष २०७६, १२ : २९ शुक्रवार
क्षितिज भए आउट

कमेडी च्याम्पियनका एपिसोड अगाडि बढेसँगै प्रतियोगी बाहिरिने क्रम जारी छ। यो साता टप आठमा पुगेर पनि क्षितिज केसी टिक्न सकेनन् र आउट भए। उनको प्रस्तुति अन्य प्रतियोगीको तुलनामा कमजोर देखिएको थिएन तर पर्याप्त भोट नपाएपछि उनी मञ्चमा टिकिरहन सकेनन्।

आफ्नै साथीलाई सुमनको प्रहार
प्रतियोगिताबाट बाहिरिइसकेका सुमन कोइराला वाइल्ड कार्डको प्रतियोगीका रुपमा मञ्चमा फर्किए। उनी रोस्ट कन्टेन्ट बोकेर मञ्चमा आएका थिए। जजदेखि आफ्ना साथी प्रतियोगी कसैलाई बाँकी राखेनन्।
उनले अमोगलाई अझै कमेडी च्याम्पियनमा छौ ? तिमी र अशोक दर्जी उस्तै हौ, न सुरमा गाउँछौ न तालमा कमेडी भन्छौ भन्दै उडाए। पोलटिकल सटाएर गर्दै उनले भने, ‘हाम्रा प्रधानमन्त्रीमा के कमी छ ? १४ वर्ष जेलमा बसेर पनि तिमी भन्दा राम्रो कमेडी गर्न सक्ने क्षमता छ !’

प्रतियोगी अमोग अर्यालले गायकदेखि नेतासम्मलाई व्यङ्ग्य गरे। इन्फर्मल रुपमा बोलेझैँ प्रस्तुति दिने उनको यो साताको कन्टेन्ट पन्चलाइनले भरिएका थिए। विष्णुप्रसाद गौडेलले घरमा श्रीमतीसँग हुने गरेको झगडालाई कमेडीको विषय बनाए। गौडेलको प्रस्तुति यसअघिका भन्दा फितलो थियो।
साजन श्रेष्ठ पनि यो साता जमेनन्। उनको प्रस्तुतिमा अभ्यासको कमी देखिन्थ्यो। एकपछि अर्को प्रस्तुति जमेपछि उनी अल्छी भएझैँ देखियो यो साता।

बल्ल चाल पाइन् रीमाले
कमेडी च्याम्पियनमा होस्ट गरिरहेकी रीमा विश्वकर्माले आफ्नो कथाव्यथा स्टेजमा सुनाइन। उनले सुरुमा टेलिभिजनमा काम गरेकी थिइन्। टेलिभिजनमा होस्टबाट यात्रा शुरु गरेकी उनी म्युजिक भिडियोमा गइन्।

यतिले मात्र उनको मन बुझेको रहेनछ। ठूलो फिल्ममा काम गर्ने रहर थियो रे ! त्यो पनि पूरा भयो। तर के गर्नु ? दर्शकले पत्याइदिएनन्। अनि विकल्प टेलिभिजनै भयो र उनी फेरि पुरानै भूमिका होस्ट गर्न फर्किइन्।

फिल्मको हिरोइन हुने मौका छाडेर उनी होस्ट त पक्कै भएकी हैनन् नै ! के गरुन् ? दुःख छ उनलाई। तैपनि गफ दिइहालिन् ! खुसी सफलतामा हैन पलपलको अनुभवमा हुन्छ भनेर। हो रीमा जसरी चित्त बुझ्छ त्यसरी नै बुझाऊ अब।

जज ऋचालाई मातृ शोक
जज ऋचा शर्माकी आमाको मृत्यु भएकाले कार्यक्रममा उनी उपस्थित हुन सकिनन्। उनको ठाउँमा हास्यकलाकार किरण केसीलाई स्पेसल गेस्टको रुपमा सहभागी गराइएको थियो। गायक दुर्गेश थापा अतिथिका रुपमा सहभागी थिए।

Leave A Comment