चारदिने टेष्टको विपक्षमा विराट

शुक्रबार, २५ पुष २०७६, १२ : ५० शुक्रवार
चारदिने टेष्टको विपक्षमा विराट

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली चारदिने टेष्टको विपक्षमा उभिएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले टेष्ट क्रिकेटलाई चार दिनमा घटाउने तयारीमा छ। उसले सदस्य राष्ट्रको बोर्डसँग छलफल सुरु गरिसक्यो।

सन् २०२३ अर्थात् विश्व टेष्ट च्याम्पियनसिपपछि टेष्ट क्रिकेट ४ दिनको बनाउने आईसीसीले तयारी गरेको छ।
अहिले टेष्ट पाँच दिनसम्म हुने गर्छ। त्यसलाई घटाएर चार दिनको बनाउने तयारीलगत्तै विराट विपक्षमा उभिँदै हुन्न भनेका छन्। उनको तर्कअनुसार टेष्ट क्रिकेटको कारण अन्य क्रिकेट सिरिजमा असर पर्छ।

चार दिनमा सीमित हुने टेष्टमा हरेक दिन कम्तीमा ९० देखि ९८ ओभरको हुनेछ। यसको अर्थ ५ दिन चल्ने टेष्टभन्दा ४ दिनको टेष्टमा मात्र ५८ ओभर कम हुनेछ।

Leave A Comment