लोमन्थाङमा म्युजिक भिडियो

आइतबार, २७ पुष २०७६, ०१ : ५८ शुक्रवार
लोमन्थाङमा म्युजिक भिडियो

हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भेग लोमन्थाङ (लो–सात) क्षेत्रलाई समावेश गरी तयार पारिएको दुईवटा गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। दुवै गीतको छायांकन उपल्लो मुस्ताङको सांस्कृतिक महत्व बोकेको लोमान्थाङ दरबार परिसर र बजार, चराङ, मराङ, ढाक्मार, घ्याकर चैले र तल्लो मुस्ताङको छुसाङ, कागबेनी, मुक्तिनाथ, धौलागिरि र निलगिरि बेसक्यापमा  गरिएको थियो।

लोक गीतमा रामजी खाँड र संगीता थापा मगरको स्वर रहेको छ। गीतमा रामजी र संगीताले नै अभिनय गरेका छन्। आधुनिक गीतमा नीशा गुरुङले स्वर भरेकी छिन् भने उनकै अभियान देख्न पाइन्छ। प्रिजीमा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको दुवै गीतमा बिबी अनुरागी र सुरेश अधिकारीले संगीत भरेका छन्।

Leave A Comment