डेढगाउँमा अक्षरयात्रा

आइतबार, २७ पुष २०७६, ०२ : ०७ शुक्रवार
डेढगाउँमा अक्षरयात्रा

जहाँ पुग्यो त्यही रचना गरी त्यही सुनाउने अभियान अक्षरयात्रा बौदीकाली गाउँपालिका डेढगाउँमा पुग्यो। यो शृंखलाको १७३ अंक थियो। कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद खनाल, वरिष्ठ साहित्यकार लोकनाथ पोख्रेल, अक्षरयात्राका परिकल्पनाकार दीपक समीप, उज्ज्वल ओझा, पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष प्रकाश ज्ञवाली, गोपिचन्द्र रिजाल, नारायणप्रसाद कँडेल, श्याम श्रेष्ठ, पदम विकलगायतको सहभागिता थियो।

कार्यक्रममा मेघबहादुर ठाणा, कपिल शर्मा, धर्मलाल माली, दिलमाया श्रेष्ठ, महेन्द्र दराई, गंगा विक, प्रान्जल, संजीव पौडेल, विभू भुषाल, अर्चना थापा, नानुमाया नेपाली, याममाया थापा, महिमा विक, सौगात पोख्रेल, वसन्त विनोद, लालमणि पोख्रेल, कल्याण पन्त, कुशल विक, अमृत क्षेत्री, कमला थापामगर, शोभा परियार, मैयाँ सुवेदी, टिकाराम सुनार र कमल सुवेदीले आ–आफ्नो रचना वाचन गरेका थिए।

Leave A Comment