चुल्ठेको भेषमा ट्राफिक प्रहरी

सोमबार, २८ पुष २०७६, ११ : ४६ शुक्रवार
चुल्ठेको भेषमा ट्राफिक प्रहरी

रामेश्वर काफ्ले, ट्याक्सी चालक               
 

करिब तीन वर्षदेखि ट्याक्सी पेसामा आबद्ध छु। त्योभन्दा अगाडि प्राइभेट गाडी चलाउँथेँ। अरुको गाडी कति चलाउनु भनेर आफूले सिकेको सीपलाई आफ्नै गाडीमा प्रयोग गर्न यतातिर आएको हुँ ।

चुल्ठेको भेषमा प्रहरी
सुकेधारा चोकमै पहिलो नम्बरमा गाडी राखेको थिएँ। पहिलो नम्बरमा भएपछि पहिलो पालो मेरै आउँछ। एक हप्ता अगाडिको घटना हो। एकजना चुल्ठे मुन्द्रे टाइपको मान्छे आएर दाइ नक्साल जाऊँ न भने। मैले हुन्छ जाऊँ भने। कसरी जाने भने।

मैले हजुरले जसरी भन्नुहुन्छ त्यसरी नै जाऊँ न। बोनी हुन लागेको बेला हो। दुई सय जति दिनु न भनेँ। त्यो मान्छे सरासरी ट्राफिककोमा गयो र ट्राफिक लिएर आएर तीन हजारको चिट कटाइदियो। त्यो मान्छे पनि ट्राफिक नै रहेछ। एक हप्ता अगाडिको कुरा हो। एकजना मान्छे आएर नक्साल जाऊँ भने। मान्छे हेर्दा मुन्द्रासुन्द्रा लगाएको खालको थियो। हुन्छ जाऊँ न मिटरमा भने। हैन मिलाएर लैजाउन भने मैले हुन्छ भनेँ।  अलिक उता माक्स लगाएर बसेको सिभिल प्रहरी आएर कति भनिस् रे भन्दै तीन हजारको चिट काटिदिनुभयो।

मैले जेमा भन्नु हुन्छ त्यसैमा जाऊँ भनेकै छु त। उहाँले कुरै नबुझी झ्याम झ्याम गरिब दुःखीको पैसा लुटिदिन मिल्छ। दुई पैसाको आम्दानी छैन तीन हजारको चिट भन्या कम हो। यस्तो घटना धेरै भएको छ।

रोक्ने स्टेसन छैन
त्रिपुरेश्वरबाट दरबारमार्गसम्म ट्याक्सी रोक्न पाइँदैन। यात्रु कहाँ ओराल्ने त ? ओराल्दा पनि चिट नै काट्नु पर्ने। धेरै टाढाको कुरा के गर्नु। सुकेधाराबाट पाटीमा गएका यात्रु लिएर मित्रपार्क लग्या थिए। एउटा ट्राफिकले अलिक अगाडि रोकिदिनुस् है भन्नुभयो। मैले उहाँको आग्रह मानेर अलिक अगाडि लगेर रोकेको अर्को ट्राफिक आएर यहाँ किन रोकेको भन्दै कागजपत्र माग्नुभयो। मैले दिएँ तर चिट दिनुभएन। ट्राफिकको कुरा मान्दा मान्दै मलाई तीन हजारको चिट काटिदिएपछि एक सय तीनमा फोन गरेँ। तर केही लागेन कतैबाट सुनुवाइ भएन। मसँग कागजपत्र नि भएन। चिट पनि पाइनँ र ट्याक्सी त्यहीँ छोडेर हिँडेँ।  त्यसको तीन दिनपछि मैले गौशाला प्रहरीबाट चिट लिएँ। यस्तो ज्यादति प्रहरीबाट किन भन्ने लाग्छ।

ट्याक्सीमा यात्रुको मार्ने र काट्ने मात्र बोली
ठमेलबाट धापाखेल जाने भनेर दुईजना केटा ट्याक्सीमा चढे। धापाखेल पुगेपछि केको पैसा भन्दै थर्काउन थाले। यहाँबाट गइहाल नत्र भेट्लास भने। राति अब हल्ला गर्ने कुरा पनि भएन यसै चुप लागेँ। अस्ति भर्खरको घटना हो। तीनजना केटा बेलुका ९ बजेको समयमा ठमेलबाट जोरपाटी नयाँबस्ती जाने भनी चढेका थिए। उनीहरु मातेर पूरै ल्याङ भएका थिए। गाडीमा उनीहरु बसुञ्जेल काट्ने मार्नेका कुरा मात्र गरेका थिए। मलाई उनीहरुले तर्साउनका लागि त्यस्तो कुरा गरेका हुन् कि साँच्चै हो थाहा भएन। उनीहरुको मुखमा मार्नेबाहेक अर्को शब्द नै थिएन। अनि मैले मनमनै कि आज २ सयको तेल सकियो कि दुई सय आयो भन्ने मनमा पर्न थाल्यो। उनीहरु ठाउँमा पुगिसकेपछि पैसा नदिई ओर्लिए। ट्याक्सीको भाडा भनेर मागेको के को पैसा जाने भए गइहाल हैन भने ठिक पार्दिउला नि भन्न थाले। त्यसो भनेपछि फनक्क फर्किएँ। यस्ता घटना तीन वर्षको अवधिमा धेरै भोगेको छु।

Leave A Comment