पूर्व मेयर वज्राचार्यलाई लाइफटाइम

सोमबार, २८ पुष २०७६, १२ : ५० शुक्रवार
पूर्व मेयर वज्राचार्यलाई लाइफटाइम

संसारभरका वज्राचार्यका उत्कृष्ट कार्यलाई सम्मान गर्न स्थापित वज्राचार्य क्लबले वल्र्ड वज्राचार्य अवार्ड २०१९ प्रदान गरेको छ। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच ५९ जना वज्राचार्यहरुलाई वल्र्ड वज्राचार्य अवार्ड प्रदान गरिएको हो।

विश्वभर छरिएर रहेका वज्राचार्य परिवारका सदस्यहरुले शिक्षा तथा विभिन्न क्षेत्रमा विगत दुई वर्षमा सर्वोत्कृष्टता हासिल गरेकामध्येबाट ५९ जना प्रतिभाशाली व्यक्तिहरुलाई अवार्ड प्रदान गरिएको थियो।

कार्यक्रममा ललितपुर नगरपालिकामा पाँच पटकसम्म मेयर चुनिएका बुद्धिराज बज्राचार्यलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो। सो कार्यक्रममा श्रीधर राना रिम्पोछेंलाई पनि विशेष सम्मान गरिएको थियो।

Leave A Comment