थिएटर मलमा ‘जमुनाको रुख’

सोमबार, २८ पुष २०७६, १२ : ५४ शुक्रवार
थिएटर मलमा ‘जमुनाको रुख’

कीर्तिपुर राराहिलस्थित थिएटर मलमा नाटक ‘जामुनको रुख, सेमलेस भल्गारिटी’को मञ्चन भइरहेको छ। कृष्ण चन्दरको कथामा आधारित नाटकलाई रंगकर्मी केदार श्रेष्ठले नाट्य लेखन, परिकल्पना तथा निर्देशन गरेका छन्।

हाँस्यव्यंग्य शैलीमा प्रस्तुत गरिएको ७० मिनेट लामो नाटकमा सामान्य कथालाई रमाइलो, सुन्दर र अर्थपूर्ण दृश्यहरुमा उतारिएको छ। नाटकले नेपाली सरकारी कार्यालय, त्यहाँका कर्मचारी र काम गर्ने तौरतरिकालाई दृश्यात्मक कथा भनेको छ।

‘जामुनको रुख’मा शंकर भण्डारी, कञ्चन संग्रौला, मनिष ब्याञ्जु, शक्ति पाख्रिन, हिरा महर्जन, स्नेहा रसाइली, रोसन केसी, सरोज राईले अभिनय गरेका छन्।

Leave A Comment