नेफ्टा फिल्म अवार्ड घोषणा

सोमबार, २८ पुष २०७६, ०१ : ०२ शुक्रवार
नेफ्टा फिल्म अवार्ड घोषणा

दुई वर्षयता रोकिएको नेपाल चलचित्र प्राविधिक संघले आयोजना गरिरहेको नेफ्टा फिल्म अवार्ड आउँदो चैत १५ मा गरिने भएको छ।

नेपाल भ्रमण वर्ष २०२० को छेक पारेर टुँडिखेलमा आयोजना गरिने सो अवार्डको यो दशौँ संस्करण हुनेछ। सोमबार अवार्ड घोषणा कार्यक्रममा अभिनेता राजेश हमाल, भुवन केसी, भुवन चन्द, बसुन्धरा भुषाल, गौरी मल्ल, तुलसी घिमिरे, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगायत उपस्थित थिए।

यसअघिका  चार संस्करण विदेशमा आयोजना गरिएको नेफ्टा अवार्ड पपुलर अभिनेता, अभिनेत्री, फिल्म, जनजाति फिल्म, लाइफ टाइम एचिभमेन्ट गरी विभिन्न ३२ विधामा प्रदान गरिने जनाइएको छ।

Leave A Comment