लाजै मर्दौ गाए भुवनले

बिहिबार, ०२ माघ २०७६, ११ : ३० शुक्रवार
लाजै मर्दौ गाए भुवनले

सदाबहार अभिनेता भनेर चिनिएका अभिनेता भुवन केसी अवार्ड पाइएला जस्तो भयो भने अवार्डमा उनी सरिक भइहाल्ने गर्छन्। उनलाई अवार्डको भोक अझै मरेको देखिदैन। केही समयअघि जापानमा भएको अवार्ड कार्यक्रममा छोरा अनमोलसहित पुगेका थिए। ‘कामना फिल्म अवार्ड’मा उनी रकस्टार शैलीमा स्टेजमा ब्यान्डसहित उपस्थित भए। लाइभमा कहिलै नगाएका भुवनले यस पटक भने आफ्नो नयाँ अवतार देखाउने रन्को चढ्यो।

यसपछि उनले आफू अभिनयमा आउनुभन्दा पुरानो गीत गाएर सबैलाई बोर गरे। उनले ‘जागेँ सारा रात’ बोलको गीत गाएका थिए। एक त उनको बूढो स्वर, त्यसमाथि कहिल्यै रियाज नगरेको बानी !
एकातिर ब्यान्डको म्युजिक र अर्कोतिर उनको स्वर ! कसले पो मन पराइदियोस् !

त्यसो त एउटा कलाकारले गरेको अभिनय मिलेन भने हामीले पनि कडा शब्दमा त्यसको भत्सर्ना गर्न मिल्यो, एउटा सिकारु गायकले गाउन गरेको प्रयासलाई हामीले प्रशंसा त गर्नैपर्छ।

हिरोले के गाएको यस्तो भन्दै कुरा काट्नको कमी नभए पनि उनले गीत गाइरहे। गाउञ्जेल उनी आफैँ दंग परे तर दर्शकलाई दंग बनाउन सकेनन्। अब त भुवनले बुझ्नैपर्छ, गाउनु भनेको अरुलाई आनन्द दिलाउनु हो, आफूमात्र आनन्दित हुन होइन। आफू मात्रै आनन्दित हुने हो भने बाथरुम छँदैछ ! कि कसो ?

Leave A Comment