करिश्माको उपदेश

बिहिबार, ०२ माघ २०७६, ११ : ४५ शुक्रवार
करिश्माको उपदेश

सिनियर सिटिजन हुनुको आफ्नै फाइदा छ। काम गर्नुपर्दैैन, सिधासिधा यो भएन र त्यो भएन भन्दिए पुग्छ। हाम्री प्यारी अभिनेत्री करिश्माको हालत अहिले यस्तै छ। सिनियर सिटिजन मात्र होइन, सिनियर कलाकार भएकाले यतिबेला उनलाई सुहाउँदो भूमिका बोकेर कोही निर्माता–निर्देशक उनीकहाँ पुगेको छैन।

यसको फाइदा फेसबुकजस्ता सामाजिक सञ्जाललाई भइरहेको छ। त्यहीँ उनले आफ्नो ज्ञान बाँड्ने काम गरिरहेकी छन्। हालै उनले दुई वटा हँसिला तस्बिर सार्वजनिक गर्दै उनले लेखिन्, ‘अरुले के भल्लान् भन्ने भन्दा पनि आफूले के महसुस गरिन्छ भन्ने कुरामा खुसी निर्भर गर्छ।’

हुन पनि हो, सार्वजनिक जीवन भोगिरहेकाहरुले अरुले के भन्लान् भन्ने सोच्न थाल्यो भने त आफ्नो कामै गर्न सकिन्न नि !
हुन त उनको यो जीवनसूत्र नै हो। उनले जत्तिको मनमर्जी कसले ग¥यो होला त जीवनमा ? खैर, सित्तैमा ज्ञान बाँड्न पाउनु पनि यो जमानामा ठूलो कुरा हो।

Leave A Comment