भाग्यमानी केकी

बिहिबार, ०२ माघ २०७६, १२ : १० शुक्रवार
भाग्यमानी केकी

फिल्म चले पनि नचले पनि काम पाइरहने अभिनेत्री हुन्, केकी अधिकारी। जति फिल्म फ्लप भए पनि उनी बेरोजगार भएर बस्नु परेको छैन। कतिसम्म भने कतिपय उनका फिल्म त हलमा लागेको पनि पत्तै हुदैन। तै पनि उनी व्यस्त नै छिन् है !

उनी हालै फिल्म ‘झिँगेदाउ’को छायांकन सकेर काठमाडौं फर्किइन्। काठमाडौैं आएलगत्तै उनी अमेरिका हान्निइन्। अमेरिका जानुको कारण चैँ ‘मेरो डान्स कप’को निर्णायकका लागि रहेछ। टेलिभिजनमा उनी निर्माता रहेको कमेडी च्याम्पियन चलेकै छ। जे होस्, केकीलाई भाग्यले साथ भने दिएकै छ। तर काम नसुधारेसम्म भाग्यको भरमा मात्र कति टिकिएला र !

Leave A Comment