सलिनको संकट

बिहिबार, ०२ माघ २०७६, १२ : ४८ शुक्रवार
सलिनको संकट

‘ए मेरो हजुर २’ बाट डेब्यु गरेका नायक सलिन मान बनिया पहिलो फिल्मबाटै धेरैको नजरमा परेका थिए। त्यसपछि उनले  केशव भट्टराईको ‘यात्रा’ फिल्म गरे। तर यात्राबाट सोचेजस्तो नतिजा आएन। यसो हेर्दा उनलाई निर्देशक झरना थापा नै फापेको देखियो। तर के गर्नु अब ? झरनाले त उनलाई बिर्सिसकिन्। उनी सलिनलाई आफ्नो फिल्ममा अभिनय गर्न हिच्किचाइरहेको देखियो।

हालै सञ्चारकर्मीहरुसँगको जम्काभेटमा उनलाई सलिनलाई किन बिर्सिएको भनेर सोधिएको थियो। उत्तरमा उनले बिर्सिएको छैन नि त भनिन् तर उनलाई फिल्ममा दोहो-याउने संकेत भने गरिनन्। पारा हेर्दा सलिनले झरनाको चित्तै दुखाएझैँ देखियो। यही पारा हो भने त सलिनको फिल्मी यात्रामा संकट पो पर्ने देखियो त !

Leave A Comment