नीलो पोखरी बन्यो हरियो

सोमबार, ३१ साउन २०७३, १० : १३ शुक्रवार , Kathmandu
नीलो पोखरी बन्यो हरियो

ब्राजिलमा जारी ओलम्पिकमा डाइभिङका लागि बनाइएको पोखरीको रङ एकाएक परिवर्तन भएर नीलोबाट हरियो बनेको छ । सोमवार नीलो देखिएको पुलको पानी मंगलवार एकाएक हरियो देखिएको हो । तर, आयोजकले भने के कारणले यस्तो भयो भन्ने थाहा नभएको बताएको छ । पोखरीमा रहेको पानीको रङ बिस्तारै हरियो बने पनि त्यहाँ डाइभिङका प्रतिस्पर्धा भने रोकिएनन् । सामाजिक सञ्जालमा पोखरीको पानीको रंग यसरी परिवर्तन हुँदा पनि खेलाडीलाई डाइभ गर्न बाध्य पारिएको भन्दै विभिन्न व्यक्तिले प्रश्न गरेका छन् । पाँच मिटर गहिरो पोखरीको पानी सोमवार पुरुषतर्फको स्पर्धाका खेल हुँदा नीलो थियो । मंगलवार महिलातर्फको खेल हुने बेला हरियोमा परिणत भएको हो । पानीमा मिलाइएको क्लोरिन वा अरू कुनै रसायनको मात्रा नमिलेका कारण यस्तो भएको हुन सक्ने अनुमान गरिएको छ ।

 

Leave A Comment