ब्राड पिटले रुवाए !

बिहिबार, ०९ माघ २०७६, १२ : ०९ शुक्रवार
ब्राड पिटले रुवाए !

सन् २०१९ ब्राट पिटका लागि रोचक वर्षका रुपमा रह्यो। यस वर्ष उनको ‘वन्स अपन अ टाइम इन हलिउड’ व्यवसायिक रुपमा सफल मात्र भएन, उनको अभिनयको बेस्कन चर्चासमेत भयो।

एन्जेलिना जोलीसँग उनको बिहे टुटे पनि उनको चर्चा कम भने भएको छैन। एन्जेलिनाले आफ्नो लोग्नेको लागू औषधको कुलतका कारण पारपाचुके लिएकी थिइन्। तर २०१७ मा त्यसबाट मुक्त भएपछि भने उनले आफ्नो करियरलाई बढी नै फोकस गरिरहेका थिए। त्यसको फल २०१९ मा पाए।

हालै नेसनल बोर्ड अफ रिभ्युले ब्राड पिटको कामको मूल्याङ्कन गर्दैै सम्मान ग-यो। यो सम्मान पिटलाई नजिकका साथी ब्राडली कुपरले हस्तान्तरण गरेका थिए।

सो कार्यक्रममा पिटले कुपरलाई हेर्दै भनेका थिए, ‘यो मान्छेको ममाथि गुन छ। लागू औषधमुक्त हुन यसले ठूलो भूमिका खेल्यो। जुन दिन त्यो लत छुट्यो, हरेक दिन मेरा लागि खुसी ओइरिरहेको छ।’
यसो भन्दा कुपरका आँखामा खुसीको आँशु आइरहेको थियो।

कुपर २९ वर्षको उमेरमा कुलतमा फँसेका थिए तर त्यसपछि तुरुन्तै निस्किहाले। उनले आफ्ना साथीसंगीलाई कुलतबाट निकाल्न कयौँ प्रयासहरु गरिहेका हुन्छन्।

Leave A Comment