एउटा नमुना काम

शुक्रबार, १० माघ २०७६, ११ : ५३ शुक्रवार
एउटा नमुना काम

हिजोआज सामाजिक सञ्जालमा एउटा तस्बिरको मनग्य चर्चा छ। चर्चा हो, उदयपुर जिल्लास्थित ‘बेलका’ नगरपालिकाको। सार्वजनिक तस्बिरमा पर्दाको छेउमा रहेको भित्तामा कालो बोर्डर राखी सेतो पृष्ठभूमिमा रातो अक्षरले लेखिएको छ, ‘बेलका नगरपालिका, विपक्षी दल नेता कार्यकक्ष।’

यो नगरपालिकाका ५२ वर्षीय मेयर दुर्गाकुमार थापाले पराजित विपक्षी दलका उम्मेद्वारका लागि पनि नगरपालिकामा सुविधासम्पन्न कार्यालय दिएर नमूना राजनीति गरेका छन्।  मेयरले त उनलाई अनुगमन समितिमा समेत राखेका छन्। सल्लाह र सहकार्यमा उनीहरु काम गरिरहेका छन् भनी केहीले दाबी गरिरहेका छन्।

सम्भवतः यस किसिमको अभ्यास नेपालमा नौलो हुनुपर्छ। कतिपयले त यस्तो गतिविधिलाई सत्तापक्ष र विपक्षीले मिलेर लुट्ने रणनीति भन्दै आलोचनासमेत गर्न भ्याएका छन्। सत्तापक्ष र विपक्षी दल एक–अर्काको आलोचनामा तल्लिन रहेको अवस्थामा यो नगरपालिकाको अभ्यास अवश्य सुशासन तथा समावेशी विकासको एउटा पाठशाला नै मान्नुपर्छ। यस्तो उदाहरणीय काम अरुले पनि पो सिक्ने कि !

Leave A Comment