दीपिकालाई जाडो भन्दा गर्मी प्यारो

शनिबार, ११ माघ २०७६, १२ : ३१ शुक्रवार
दीपिकालाई जाडो भन्दा गर्मी प्यारो

‘ऐश्वर्य’ फिल्मबाट अभिनय यात्रा थालेकी अभिनेत्री दीपिका प्रसाईंको अभिनयलाई ‘छक्का पञ्जा ३’मा पनि देख्न पाइएको थियो। उनैसँग गरिएको जाडो कुराकानीः

तपाईंलाई जाडो मौसम कस्तो लाग्छ ?
मलाई जाडो मन पर्दैन।

रत्ति मन पर्दैन त ?
जाडोको मनपर्ने पक्ष नै छैन। खाली अल्छी मात्रै लाग्छ। 

खासमा जाडो मन नपर्ने किन त ?
धेरै छन्। पहिलो कुरा त जाडोमा चिसो लागिहाल्छ। मेरो शरीरले चिसो सहनै सक्दैन। अनि फेरि यो समयमा अलिक बढी अल्छी लाग्छ। बिहान उठ्नै मन लाग्दैन।

जाडोमा सुटिङ परेको छ कि छैन ?
परेको छ नि ! मेरो पहिलो फिल्म ‘ऐश्वर्य’को सुटिङ जाडोकै बेला थियो। मंसिर महिनाको अन्तिमतिर थियो। स्विमिङ पुलमा स्विमिङ गर्नु परेको थियो। दिनभरि जस्तो नै त्यो सिन गर्नुप-यो। जतिबेला पनि भिजिरहनुपर्ने भएकाले मलाई साह्रै गाह्रो भा’को थियो। 

जाडोमा कस्ता पहिरन मनपर्छ ?
लामो लुगा नै मनपर्छ। शरीर ढाक्ने र न्यायो पनि होस्। देखाउन भन्दा पनि जाडो छल्न।

जाडो मौसममा घुम्न कत्तिको मन लाग्छ ?
सानोमा त धेरै नै पिकनिक गइन्थ्यो। गाउँमा साथीहरु भेला भएर पिकनिक जाने सल्लाह हुन्थ्यो। अहिले त पहिलाको जस्तो पिकनिक जाने भन्ने छैन तर परिवारसँग मिलेर चाहिँ गइएको छ। जाडोमा भन्दा मलाई गर्मीमा नै ट्राभल गर्न मन लाग्छ।

Leave A Comment