कपिलको आक्षेप

बुधबार, १५ माघ २०७६, ०१ : २८ शुक्रवार
कपिलको आक्षेप

कपिल शर्मा एक उम्दा कमेडियन हुन् भन्नेमा कुनै शंका छैन। उनको कार्यक्रम ‘दि कपिल शर्मा सो’ अत्यधिक हेरिने टेलिभिजन कार्यक्रममध्ये एक पर्छ। टेलिभिजन लगायत बलिउडका स्टारहरू उनको कार्यक्रमलाई निकै रुचाउँछन्। यति मात्र होइन, स्वयं कपिललाई पनि रुचाउनेको कमी छैन। अधिकांश बलिउड कलाकार चलचित्र प्रमोसनका लागि कपिलकै कार्यक्रमलाई पहिलो प्राथमिकतामा राख्छन्। यही क्रममा कंगना रनावत, ऋचा चड्डा र जेसी गिल ‘पंगा’ चलचित्र प्रमोसन गर्न त्यहाँ पुगेका थिए। कपिलको कार्यक्रममा निकै रमाइलो, मस्ती र हँसिमजाक गरिन्छ। उनीहरु उपस्थित शृंखलामा पनि सोही क्रम जारी रह्यो। पूरै श्रृंखला मनोरञ्जनात्मक भए पनि एउटा प्रसंग जसमा कपिल अर्चना सिंहलाई गम्भीर आक्षेप लगाउँछन्, त्यो भने नोटिस हुन गयो र सोबारे चर्चा गर्नु आवश्यक हुन्छ।

अर्चना सिंह अहिले जुन भूमिकामा देखिन्छिन्, त्यो पहिला नवजोत सिंह सिद्दुले गर्थे। अर्थात्, हाँस्ने काम सिद्दुको थियो। यही विषयमा कपिलले मजाकको शैलीमा अर्चनालाई यसो भने, ‘अर्चना मान्छेको खुट्टा तान्न मात्र होइन कुर्सी तान्नमा पनि पोख्त छिन्।’

यसो भन्नुमा उनको संकेत अर्चनाले नवोजित सिंह सिद्दुको कुर्सी तानेको भन्नेमा थियो। कपिलले कार्यक्रममा अर्चनालाई यस खाले आक्षेप लगाएको पहिलो पटक भने होइन। जसकारण उनी आलोचित पनि भए। कपिल शर्मा उम्दा कमेडियन त भए, उम्दा संवाद गर्ने व्यक्ति कहिले हुने हो कुन्नी ?

Leave A Comment