कानुनविज्ञ किम कार्दसियन

बिहिबार, १६ माघ २०७६, ०१ : ४८ शुक्रवार
कानुनविज्ञ किम कार्दसियन

हलिउडका सेलिब्रिटी आफ्नो सौन्दर्य मात्र पस्कन जान्दैनन्, गम्भीर कुरामा अति गम्भीर हुन पनि जान्दछन्। अब सेन्सेस्नल अभिनेत्री तथा मोडल तथा टेलिभिजन सो उत्पादक किम कार्दसियनलाई नै हेरौँ न !

केही समयअघि उनले एउटा जेल भ्रमण गर्ने अवसर पाएकी थिइन्। जेलमा उनले पाइन्, केही युवतीहरु थोरै पैसा तिर्न नसकेर लामो समय जेल जीवन बिताइरहेका थिए। यो देखेपछि उनलाई लाग्यो, तिनको हितमा त केही गर्नैपर्छ।

जेलमा कसरी सानो अपराधको ठूलो सजाय पाइन्छ र कहिलेकाहीँ त अपराध नै नगरी पनि अपराधी भइन्छ, उनले प्रत्यक्ष देख्न पाइन्। यसपछि उनले एउटा डकुमेन्ट्री बनाइन्। उनले डकुमेन्ट्रीसँगै कानुन पनि पढिन्। यतिबेला उनले डकुमेन्ट्रीमार्फत जे भन्न खोजेकी छन्, त्यो आधारहीन कुरा पक्कै छैन।

‘जब–जब अरुका लागि केही गर्न खोजिन्छ, आफूले पनि धेरै कुरा जान्न सकिने रहेछ,’ किमले भनेकी छन्। उनको यो डकुमेन्ट्री आउँदो महिना प्रसारण हुने अपेक्षा गरिएको छ।

Leave A Comment