पुरुषहरु किन धोकेबाज हुन्छन् ?

शनिबार, १८ माघ २०७६, ११ : २८ प्रकाश जंग थापा
पुरुषहरु किन  धोकेबाज हुन्छन् ?

सम्बन्धमा धोका नखाने सायदै होलान्। चाहे महिला हुन् या पुरुष सबैले धोका खाएकै हुन्छन्। धोका खाने अनुपात हेर्ने हो भने पुरुषको अनुपातमा महिलाले ज्यादा धोका खाएका हुन्छन्। अर्थात् महिलाहरुको अनुपातमा पुरुषहरु सम्बन्धमा बढी धोकेबाज हुन्छन्। वफादार हुन सक्दैनन्। किन ? केही कारणहरू संक्षेपमा वर्णन गरौँ।

भावनात्मक असन्तुष्टि
मनोचिकित्सक एम. ग्यारी न्युमानले २०० जना धोकेबाज पुरुषहरुको अध्ययन गरेका थिए। ती पुरुषहरुमध्ये ४८ प्रतिशतले प्रेमिकालाई धोका दिनुको प्रमुख कारण भावनात्मक असन्तुष्टि बताएका थिए। यसको अर्थ हो, वर्तमान प्रेमिकाबाट उचित सम्मान र प्रशंसा नपाएको कारण धोका दिएको।

पुरुषहरुले कार्यक्षेत्रमा उचित सम्मान र प्रशंसा पाउने गर्छन्। यस्तोमा महिला सहकर्मीमार्फत उचित सम्मान र प्रशंसा पाए आफ्नै प्रेमिकालाई धोका दिन तयार हुन्छन्। न्युम्यानको सोही अध्ययनले ४० प्रतिशत पुरुषले सहकर्मी महिलासँग सम्बन्ध जोडेर आफ्नो प्रेमिकालाई धोका दिएको देखाउँछ। त्यसैगरी न्युम्यानको अध्ययनअनुसार थप केही तथ्य लिऊँः

तथ्य एक, ८८ प्रतिशत पुरुषले वर्तमान प्रेमिकाको तुलनामा कम आकर्षक महिलासँग सम्बन्ध जोडेको पाइयो।

तथ्य दुई, ६८ प्रतिशत पुरुषहरुले धोका दिएपछि पश्चाताप व्यक्त गरेको पाइयो। यी तथ्याङ्कहरुले पुरुषबाट धोका खानुमा भावनात्मक असन्तुष्टि प्रमुख कारण रहेको पुष्टि गर्छ।

अनियमित संभोग
सम्बन्धमा उत्पन्न हुने प्रायः समस्याको समाधान हो (संभोग) सम्बन्धको सुरुवाती चरणमा अत्यधिक संभोग हुने गर्छ। एकअर्काप्रति आकर्षण अत्यधिक हुन्छ नै। जब सम्बन्धको अवधि बढ्दै जान्छ, एकदेखि पाँच वर्षको अवधि सकिन्छ, नियमित रुपमा संभोग हुन छाड्छ। एकअर्काप्रति पहिलेजस्तो आकर्षण पनि हुँदैन। प्रतिबद्धता हुनु त टाढाको कुरा। पुरुषहरु २० देखि ४० वर्षको उमेरसम्म अति नै कामुक हुने गर्छन्। उनीहरु शारीरिक आवश्यकता पूर्तिका लागि सही अवसर, विकल्प खोजी रहेका हुन्छन्। सन् २०१५ मा ‘सोसल साइकोलजी एन्ड पर्सनालिटी’मा प्रकाशित अध्ययनले एउटा जोडी खुसी रहन हप्ताको एक पटक संभोग गर्नुपर्ने देखाएको छ। यस्तोमा पुरुषहरुले नियमित संभोग गर्न नपाएको अवस्थामा जहाँ अवसर र विकल्प पाउँछन्, त्यतैतिर जान्छन्। आफ्नै प्रेमिका र श्रीमतीलाई धोका दिन पछि पर्दैनन्।

साथी संगत
सम्बन्धमा धोका दिने मामिलामा साथीको संगतले पनि ठूलो प्रभाव पार्छ। न्युम्यानको अध्ययनअनुसार ७७ प्रतिशत पुरुष जसले महिला साथीलाई धोका दिए, उनीहरुको नजिकको साथी पनि धोकेबाज रहेको पुष्टि गर्छ। न्युम्यान भन्छन्, ‘जब कुनै पुरुषले आफ्नो आत्मीय साथीले प्रेमिकालाई धोका दिएको देख्छ, उसले सम्बन्धमा धोका दिनुलाई गलत रुपमा व्याख्या गर्दैन। सम्बन्धमा धोका दिनु गलत हो भन्ने बुझिकन धोका दिन अग्रसर हुन्छ।’ यसबाट धोकेबाज साथीको बाहुल्यमा रमाउने पुरुषबाट सम्बन्धमा धोका नै हुने कुरा स्पष्ट रुपमा बुझिन्छ।

भिजुअल हुनु
अधिकांश पुरुष (९५ प्रतिशत) भिजुअल हुन्छन्। आकर्षक दृश्य हेर्न रुचाउँछन्। महिलाको हास्य, आत्मविश्वासलगायतका विशेषताभन्दा पनि शरीरप्रति बढी आकर्षित हुन्छन्। महिलालाई पुरुषप्रति आकर्षित हुन समय लाग्छ। त्यो समय भनेको तीस मिनेट, एक घण्टा, एक दिन वा केही दिन जति पनि हुन सक्छ। यद्यपि पुरुषलाई भने महिलाप्रति आकर्षित हुन एक सेकेण्ड समय लाग्दैन। सय मिटर दूरीमा रहेको महिलालाई एकपलमै मन पराउने वा नपराउने निक्र्याेल गर्न सक्छ। संवादको आवश्यकता पनि पर्दैन। यसको अर्थ हो, पुरुषलाई महिलातर्फ आकर्षित हुने सम्भावना अत्यधिक रहनु। यसर्थ पुरुष प्रेमिकालाई कुनै पनि क्षण धोका दिन सक्छ। उदाहरणार्थ एउटा सादृश्य लिऊँ। मानौँ, एउटा पुरुष नाइट क्लबमा मनोरञ्जन गर्दै छ। ऊ सम्बन्धमा वफादार पनि छ तर उसलाई कुनै आकर्षक महिलाले प्रस्ताव राख्यो भने ? उसले त्यो प्रस्ताव स्वीकार गर्ने सम्भावना उच्च रहन्छ। भनाइको तात्पर्य, प्रेमिकालाई धोका दिन्छ।

उत्कृष्ट साथीको खोजी गर्नु
हरेक पुरुष उत्कृष्ट, स्तरीय महिला साथीको खोजीमा रहन्छ। आफूसँग प्रेमिका रहेको अवस्थामा पनि स्तरीय महिला भेट्न सकिने उपयुक्त अवसरको खोजीमा रहन्छ। यो महिलामा पनि उत्तिकै लागू हुन्छ। जसरी महिला एक साहसी, मर्द र आत्मविश्वासी पुरुषको खोजीमा हुन्छ, त्यसैगरी पुरुष पनि कामुक, आकर्षक, स्तरीय महिलाको खोजीमा रहन्छ। पुरुषले वर्तमान प्रेमिकाको तुलनामा अरु कोही कामुक, आकर्षक, स्तरीय महिला भेट्छ भने उसले धोका दिन समय लगाउँदैन।

पुरुषलाई कसरी वफादार बनाउने ?
पुरुषबाट सम्बन्धमा धोका हुने विषयलाई सामान्य रुपमा ग्रहण गर्न सक्नुपर्छ। त्यसलाई अतिरञ्जित गरिनु हुँदैन। कुनै पुरुषले धोका दिएको खण्डमा पीडित मानसिकताको विकास गर्नु, निराशामा जीवन जिउनु, तमाम पुरुषप्रति नकारात्मक भावना राख्नु तथा अनावश्यक रुपमा दोषारोपण गर्नु बुद्धिमानी होइन। यसो गर्नाले सम्बन्धमा कुनै सुधार आउँदैन। पुरुष वफादार हुने त झन् सम्भावना नै हुँदैन। विशेषतः पुरुष मनोविज्ञान र उनीहरु बेइमानी अथवा धोकेबाज हुनाको कारणबारे थाहा पाउने कोसिस गर्नुपर्छ। अनि त्यसपश्चात् निम्न विधि अवलम्बन गर्न सकिन्छ, जसकारण हर कोही पुरुष सम्बन्धमा वफादार बन्न पुग्छन्।

–शारीरिक आकर्षण कायम राख्नेः पुरुष दृश्य हेर्न मन पराउने कुरा बुझिसकेका छौँ। त्यसकारण आफ्नो शारीरिक आकर्षणमा ध्यान दिनोस्। स्वास्थ्यमा सचेत रहनुहोस्। स्वस्थ एवं आकर्षक शरीरका लागि फिटनेस र खानामा सचेत रहने गर्नोस्।

–नियमित कामोद्दीपक संभोगः आफ्नो प्रेमी, पुरुष साथीसँग नियमित रुपमा संभोग गर्ने वातावरण सिर्जना गर्नोस्। उत्तेजनामा कुनै कमी हुनु हुँदैन। संभोग गर्दा, शारीरिक निकटता बढाउँदा विविधता ल्याउने कोसिस गर्नोस्। एउटै स्टाइल अथवा पोजिसनले काम गर्दैन। चरमोत्कर्षमा लैजाने हर रणनीतिको प्रयोग गर्नोस्। संभोगमा सन्तुष्ट पुरुष आफ्नो प्रेमिका, महिला साथीलाई धोका दिनु अगाडि कयौँ पटक सोच्ने गर्छ।

–भावनात्मक सन्तुष्टिः कतिपय अवस्थामा संभोग मात्र पर्याप्त हुँदैन। पुरुषको मनोभाव पनि बुझ्ने कोसिस गर्नोस्। पुरुष साथीको हरेक सुख र दुःखमा साथ दिनोस्। यदि ऊ निराश छ भने प्रेरित गर्नोस्। कुनै उपलब्धि (सानो वा ठूलो) हासिल गरेको परिस्थितिमा सकारात्मक प्रतिक्रिया दिन साथै प्रशंसा गर्न कुनै कञ्जुस्याइँ नगर्नोस्।

–साथी संगतबारे सचेत रहनेः तपाईंको प्रेमी, पुरुष साथीको (कस्ता मानिससँग घुलमिल हुन्छ, के (कसरी समय बिताउँछ, त्यसबारे जानकारी लिनु आवश्यक छ। अत्यधिक पिउने साथी सर्कलबाट प्रेमीलाई अलग गराउनु नै फलप्रद रहन्छ। प्रेमीलाई गुणवत्ता साथीहरु बनाउन प्रेरित गर्नोस्। जब तपाईंको प्रेमीको साथीहरु गुणवत्ता र सच्चा हुन्छन्, तपाईंको प्रेमी पनि गुणवत्ता र सच्चा हुने सम्भावना बढी हुन्छ। यसले सम्बन्धमा धोका हुने सम्भाव्यता घटाउँछ।

–व्यक्तिगत स्तर कायम राख्नेः सम्बन्धमा व्यक्तिगत स्तरको समेत महत्वपूर्ण भूमिका हुन्छ। यस्तोमा तपाईं र तपाईंको प्रेमीको व्यक्तिगत स्तरबारे जानकार रहनुस्। तपाईंको स्तर र प्रेमीको स्तरमा धेरै अन्तर हुनु हुँदैन। स्तर नमिलेको खण्डमा व्यक्तिगत स्तर बढाउनेतर्फ सक्रिय रहनोस्। कुनै पनि पुरुषले आफ्नो स्तरीय प्रेमिकालाई धोका दिएर अरु महिलासँग नजिकिन सक्दैनन्।

Leave A Comment