बुद्धले राजविराज उडान भर्ने

सोमबार, २० माघ २०७६, ०१ : ०५ शुक्रवार
बुद्धले राजविराज उडान भर्ने

बुद्ध एयरले प्रदेश नम्बर २ को राजविराजमा उडान भर्ने भएको छ। माघ १८ देखि काठमाडौं–राजविराज दैनिक उडान हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

काठमाडौंबाट बिहान ११ बजेर २५ मिनेटमा राजविराजका लागि उडान भर्ने र सोही दिन मध्याह्न १२ः२० मा राजविराजबाट काठमाडौं फर्कने कम्पनीले जनाएको छ। उक्त उडान सुरु भएसँगै सप्तरी, उदयपुर, सिरहा तथा सुनसरीका यात्रुलाई सुविधा पुग्ने कम्पनीको विश्वास छ।

दैनिक हुने उडानले पर्यटन प्रवर्द्धनका साथै भिजिट नेपाल २०२० लाई पनि टेवा पुग्ने कम्पनीले जनाएको छ।
राजविराज धार्मिक तथा पर्यटकीय हिसाबले महŒवपूर्ण सहर रहेको र त्यहाँ छिन्नमस्ता, बराहक्षेत्र, कोसीटप्पु, सलहेश गहवरका साथै अन्य थुप्रै पर्यटकीय गन्तव्यसम्म पुग्न उडानले सहयोगी भूमिका खेल्ने जनाइएको छ।

राजविराज उडानले सीमापारिका सहरसा, सुपौल, निर्मली, बीरपुर, राघोपुर, पिपरा, मधेपुरा, प्रतापगञ्ज, झन्झारपुर, सकरी, घोघडिया, लौकहालाई पनि सजिलै जोड्न सकिने भएकाले दुवै देशका पर्यटकलाई फाइदा पुग्ने कम्पनीले जनाएको छ।

बुद्धको वेबसाइट र मोबाइल एपबाट टिकट खरिद गर्दा आकर्षक डिस्काउन्ट पनि पाइने बताइएको छ। राजविराजको उडान अवधि झण्डै ३५ मिनेटको हुनेछ।

Leave A Comment