हट नै देखिनुपर्ने निकितालाई

बुधबार, २२ माघ २०७६, ०१ : ०९ शुक्रवार
हट नै देखिनुपर्ने निकितालाई

सन २०१७ मा मिस नेपाल बनेकी  निकिता चाण्डकको फिल्म खेल्ने रहर पूरा भएको छ। विराज भट्टको ‘साङ्लो’मा अभिनय गरेपछि उनी हट हट तस्बिर खिचाउन व्यस्त छिन्। यसअघि ‘रानीमहल’मा अनुबन्धित भएर पनि फिल्म नबनेपछि निराश बनेकी निकिता ‘साङ्लो’मा आफ्नो गतिलै उपस्थिति देखिने हुनाले प्रशन्न देखिएकी छन्। ‘रानीमहल’ फिल्म निर्माता र निर्देशकबीचको लफडाले आधा छायांकनमै रोकिएको थियो।

त्यो पीडा ‘साङ्लो’ले मेटिदिएपछि, इन्स्टामा हट फोटोमा देखिन थालेकी हुन्। उनले फिल्मका लागि दर्शक तान्न हट तस्बिर नै राख्नुपर्ने सायद अग्रजबाट सिकेको हुनुपर्छ।

तर उनको हट हट तस्बिरले जादु चलाउन सक्छ कि सक्दैन, अभिनयको उनको पसल चल्छ कि चल्दैन भन्ने कुरा भने माघ २४ गतेसम्म कुरे पुग्छ। फिल्म चल्यो भने उनको हट तस्बिरले काम ग-यो, नत्र फलोअर बटुल्यो, बस्यो। हैन त निकिताजी ?

Leave A Comment