रोडिज: अनुपविक्रम घाइते

शुक्रबार, २४ माघ २०७६, ०१ : ०५ शुक्रवार
रोडिज: अनुपविक्रम घाइते

रोडिजको जर्नी राउन्ड जारी छ। ग्रीन, ब्लु, एल्लो र रेड टिमका दुई–दुई टिम भिड्नुपर्ने थियो। यसमा दुई जनाले पानी बोकेर आफ्नो बाँसमा उभिएको साथीलाई पानी दिनुथियो। कठिन काम गर्नुपर्ने यस पटकको जर्नी अरु बेलाको भन्दा कठिन नै थियो।

एक जनाले बाँसमा पानी बोक्ने र अर्को बाल्टीमा भर्ने खेल थियो। बाँसमा टेकेर हिँड्दै आफूभन्दा माथि रहेको बाल्टी भर्न आठ बाल्टी पानी पाँच मिनेटमै ओसार्ने काम थियो। बाल्टीमा भरिएको पानी अलिकति पनि पोख्न नपाइने भएकाले यो जर्नी निकै कठिन थियो।

यसमा सबैभन्दा धेरै पानी लाहुरे टिमका सुजन सुवेदीले सबैभन्दा धेरै पानी भर्ने काम गरे। दोस्रो पटकको खेलमा अनुप र दिया भिडेको थियो। रेड टिमका लिडर अनुप बाँसमा पानी बोकेर ओसार्ने क्रममा बाँसमा लडेका थिए। लिडर अनुप आफैँ  दुर्घटनामा परेपछि केहीबेर गेम रोकिएको थियो। त्यसको केही समयपछि पुनः खेललाई जारी राख्दा उनले पहिलेको गति समात्न सकेनन्।

Leave A Comment