कमेडी च्याम्पियन: जमेन कमेडी

शुक्रबार, २४ माघ २०७६, ०१ : ०९ शुक्रवार
कमेडी च्याम्पियन: जमेन कमेडी

कमेडी च्याम्पियनबाट फर्ममै रहेका प्रतियोगी सज्जन श्रेष्ठ आउट भएका छन्। दर्शकको भोटिङका आधारमा कम भोट पाउने प्रतियोगी आउट हुने भएकाले उनले प्रतियोगिताको मञ्च छोड्नु प-यो।

सुमन कार्की अघिल्लो हप्ता नेताको भूमिका स्टेजमा देखापरेका थिए। उनले आफूलाई बाउले बिग्रिए भनेर बिहे गरिदिएको र आफू सप्रिएपछि बाउ बिग्रिएको भन्दै हँसाए। अब बाउलाई सपार्न बिहे गरिदिने सुर कसिरहेको भन्दा हलमा हाँसो गुञ्जियो।

ससुरालीमा मानमनितो र बढी नै चासो राख्ने बानीका कारण उत्पन्न हुने अवस्थालाई लिएर व्यंग्य कस्न भ्याएका थिए। सालो केटोले बेलाबेलामा भिनाजु के भयो भन्दै चियोचर्चो गरेको र बाभरुम जाँदासमेत सालो केटोले भिनाजु मोबाइल खस्यो कि क्या हो भन्दै बिजोग बनाएको कुरा सुनाउँदा हाँसो गुञ्जिएको थियो।

अतिथिका रुपमा आएकी दिया मास्के हाँस्दाहाँस्दै हुरुक्क भएकी थिइन्। ‘जुन दिनदेखि कमेडी च्याम्पियन आयो, मैले विदेशी हास्य कार्यक्रम हेर्न छाडिदिएँ,’ भन्दै कार्यक्रमको प्रशंसा गरेकी दिया अर्को रियालिटी सो रोडिज्को जज पनि हुन्।

विष्णुको कविता
विष्णुप्रसाद गौडेलले कवितामा पढाइको महŒव झल्काए तर उनको प्रस्तुति यस पटक खासै जम्न सकेन।
उनले प्रेमिकालाई प्रेम प्रस्ताव लेखेर दिएको, उनले त सबै निर्णय बाबाले नै गर्नुहुन्छ भनेर जिल्याइदिएको भन्दै हँसाए। ‘बाबा सरकारी कर्मचारी रहेछन्, लेखेको चिठ्ठी मिलेन भन्दै सच्याएर ल्याउन पो भने !’ भन्दै हँसाएका थिए।

अर्का प्रतियोगी आदर्श मिश्राले भने यस पटक उति हँसाउन सकेनन्। यद्यपि उनले विषय बस्तु बुझेको भन्दै जज मनोजले हात फैलाए। त्यस्तै अर्का जज प्रदीपले सेल्फी खिचे।

Leave A Comment