स्वस्तिश्रीमा अन्तर्राष्ट्रिय स्तरको शिक्षा

मङ्गलबार, २८ माघ २०७६, ०१ : ११ शुक्रवार
स्वस्तिश्रीमा अन्तर्राष्ट्रिय स्तरको शिक्षा

काठमाडौं – गतबर्ष देखि पूर्व प्राथमिक कक्षाहरु सुरु गरेको स्वस्तिश्री गुरुकुलले अन्तर्राष्ट्रिय स्तरको शिक्षा नेपालमै प्रदान गरेको दाबी गरेको छ। शैक्षिक संस्थाहरुले अहिलेको आवश्यकता अनुसारको शिक्षा दिन नसकेको गुनासो आइरहेको बेला स्वस्तिश्री आधुनिक शिक्षा दिएको जनाएको छ। विद्यालयले आगामि शैक्षिक शत्रबाट कक्षा ९ सम्मका कक्षा र आषाढबाट कक्षा ११सम्म अध्यापन गराउने भएको छ।

गुणस्तरीय एवं जीवन उपयोगी शिक्षा दिने उद्देस्यले विद्यालय सञ्चालन गरेको जनाएको छ। गुरुकुलमा प्रयोगात्मक, व्यवहारिक र व्यवसायिक शिक्षा दिँदै  विद्यार्थीहरुको सिर्जनशिल क्षमताको विकास गर्ने विद्यालयको दाबी छ। विद्यालयले बालमैत्री, व्यवहारिक एवं क्रियाशील शिक्षण पद्धती, प्रकृति र समुदायसँगको अन्तरक्रियाबाट अध्यापन गराउने विद्यालयका प्रबन्ध निर्देशक मिनामानान्धर चित्रकारले बताइन्। उनका अनुसार सैद्धान्तिक सिकाईभन्दा बढी व्यवहारिक, प्रयोगात्मक र व्यवसायिक शिक्षा दिइनेछ। कितावी ज्ञान भन्दा जीवन उपयोगी बनाउन शिक्षालाई व्यवहारिक बनाउने, विद्यालयले सिकाई प्रभावकारी बनाउन उच्च प्रविधियुक्त,अत्याधुनिक इन्टरनेट सुविधा, कक्षाकोठामा एयर कण्डिसन, फुटवल, बास्केटवल, टेवलटेनिस, ब्याडमेन्टिन, स्केटिङ्ग, कराँते लगायतका खेलकुद, पौडि पोखरीको पनि सुविधा दिएको विद्यालयले जनाएको छ।

Leave A Comment