पारमिताको ब्याडलक

बुधबार, २९ माघ २०७६, ११ : ५१ शुक्रवार
पारमिताको ब्याडलक

‘रोज’ र ‘चपली हाइट २’मा पारमिताले सकेको काम गरेकै हुन् तर उनी सधैँ ओझेलमा परिरहेकी छन्। हुँदाहुँदा पछिल्लो फिल्म ‘द कर्मा’मा उनी उत्साहित भएर प्रमोसनमा होमिएकी पनि थिइन् तर यो फिल्मले पनि बक्स अफिसमा कुनै चमत्कार गर्न सकेन।

आफूलाई उकास्ने फिल्म यही हो भन्दै हौसिदै प्रचारप्रसारमा सक्रिय भएर लागिपरेकी पारमिताको ‘चङ्गा चेट’जस्तै यसको बिजनेस पनि चैट् भएपछि कसको के लाग्छ र ?

फिल्म बनाएको छ नेपाली, नाम छ अंग्रेजी ! कथा छ गज्याङगुजुङ ! ओहो, धन्न हलमा केही दिन टिक्यो फिल्म !

सायद उनले फिल्म र अभिनयबाट नटिकिने पहिल्यै पत्तो पाइसकेकी थिइन्, त्यसैले त कहिले गीत गाउने हल्ला चलाइन् त कहिले साउथ इन्डियन फिल्ममा काम गर्न लागेको बताइन्।

ती कुनै कुरा अघि नबढेको अवस्थामा उनका लागि ‘द कर्मा’ एउटा सहारा थियो। कर्मले दिएको भाग्यले खोसेको अवस्था पारमिताले झेलिरहेका बेला केही समय शान्त भएर पो सोच्ने हो कि ?

Leave A Comment