व्यस्त वर्षा

बुधबार, २९ माघ २०७६, १२ : ०६ शुक्रवार
व्यस्त वर्षा

अभिनेत्री वर्षा शिवाकोटीलाई फिल्म हिट होस् या नहोस्, उनी सधैँ खुसी नै देखिन्छिन्। एक पछि अर्को फिल्ममा उनले काम पाइरहेकी छन्। ‘चालबाज’ फिल्मको सुटिङ सकिनासाथ अर्को फिल्ममा अनुबन्धित भएकी छन्। उनी मिलन चाम्सको ‘गोर्खा वारियर’मा  अनुबन्धित भएकी हुन्।

उनको अर्को फिल्म ‘लक्का जवान’ चैतमा प्रदर्शनको तयारीमा रहेको छ। सफल अभिनेत्री नभए पनि फिल्म पाइरहनु र फिल्म चलिरहनुले पनि उनको व्यस्तता बढेको देखिन्छ। जे होस्, वर्षालाई लक्की हिरोइन मान्नै पर्छ।

Leave A Comment