रजनीलाई मुद्दा ?

बिहिबार, ०१ फागुन २०७६, ११ : ५७ शुक्रवार
रजनीलाई मुद्दा ?

दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले विश्व चर्चित टिभी शो म्यान भर्सेस वाइल्डको हालसालै मात्र छायांकन सकेका छन्। यसअघि भारतका प्रधानमन्त्रीदेखि बलिउडका खेलाडी अक्षयकुमारसम्म बेयर ग्रिल्सको चर्चित शोमा सहभागी भइसकेका छन्। 

भारतमा यस कार्यक्रमको लोकप्रियताका करण बेयर ग्रिल्सले रजनीकान्तसँग पहाडी इलाकामा कसरी जनजीवन सुरक्षित रहन सकिन्छ भन्नेबारे भिडियो बनाउन मसुराको जंगलमा पुगेका थिए तर विचरा रजनीलाई आपत पो आइलाग्यो ! सो छायांकनको लागि उनले बन्दीपुरको जंगललाई रोजेका थिए। त्यही कुरालाई इस्यु बनाउँदै कर्नाटकका केही जंगलसम्बन्धी काम गर्ने अभियन्ताहरुले उनीविरुद्ध मुद्दा हाल्ने तयारी गरेका छन्। रजनीकान्तको यो रोजाईले त्यहाँका बोटबिरुवा र जनावरहरुलाई नराम्रो असर गर्ने मुद्दा हाल्नेहरुको धारणा छ।
रजनीको भाग्य पनि कस्तो भने जे गरे पनि सुख पाउँदैनन्। ठूलो मान्छे जो हुन् !

Leave A Comment