ब्रिएलको नयाँ लुक्स

बिहिबार, ०१ फागुन २०७६, १२ : ०३ शुक्रवार
ब्रिएलको नयाँ लुक्स

तपाईंले केही नयाँ गर्नु भयो भने अरुलाई देखाउन कत्तिको हतारिनु हुन्छ ? सायद देखाउन हतारिनेमा ब्रिएल बिर्मन पनि पर्छिन्। उनले आफ्नो भर्खरै परिवर्तित लुक्स इन्स्टाग्राम सार्वजनिक गरेकी छन्। उनको नयाँ लुक्सको उनका पन्ध्र लाखभन्दा बढी सामाजिक सञ्जालका फलोअरहरुले सुन्दर भनिरहेका छन्।

ब्रिएल बिर्मनले नयाँ वर्ष लागेसँगै इन्स्टामा नयाँ म भनेर पहिलो क्ल्यु दिएकी थिइन्। उनले भनेकी थिइन्, नयाँ वर्ष अनि नयाँ म। ओठको सफल सर्जरीपछि १८ वर्षीयाझैँ देखिने दाबी इन्स्टामा गरेकी थिइन्।

अहिले सार्वजनिक भएको लुक्समा सुन्दर देखिएकी छन्। अन्तिम पल्ट लुक्स परिवर्तन गर्नु पहिले उनले इन्स्टामा पोस्ट गरेको सेल्फी र अहिले सार्वजनिक भएको फोटोलाई हेर्दा निकै नै परिवर्तन देख्न सकिन्छ। र, यसलाई उनका प्रशंसकले मन पराइरहेका पनि छन्।

Leave A Comment