‘सुरु सुरुमा,भर्‍याङमा बसेर रोएँ'

सोमबार, ०५ फागुन २०७६, १२ : २० शुक्रवार
‘सुरु सुरुमा,भर्‍याङमा बसेर रोएँ'

चार वर्षदेखि वेटर हुँदै गायिका बनेकी हुन् मनीषा सुनुवार। आधा दर्जन जति गीत गाइसकेकी उनले शुक्रवारकर्मी भोला अधिकारीसँग साटेको रात्रिकालीन अनुभव: 

कहिलेबाट नाइटमा काम गर्न थाल्नुभयो ?
चार वर्ष अघिदेखि थालेकी हुँ। सिन्धुलीकै रादीप सुनुवार सर उहाँले अर्का गायक भिमसेन दाइलाई कुरा गरिदिनुभएको रहेछ। भिमसेन दाइ पहिलादेखि नै दोहोरीमा काम गरिरहनुभएको थियो। उहाँले कोटेश्वरको सालघारी दोहोरीसाँझमा काम गर न त भनेर मलाई काममा लगाइ दिनुभएको हो। त्यहाँ लामै समयसम्म काम गरियो। अहिले त्यहाँ छोडेर चावहिल केवल टावरमा रहेको सुसेली दोहोरीसाँझमा काम गर्न थालेकी छु।

पहिलो नाइट जब किन छोड्नुभयो ?
समयमा नपुग्दा हाजिर नहुने, चुच्चेपाटी बसेको मान्छेलाई कोटेश्वर जान टाढा पनि भयो। आफूले सोचेजस्तो फ्यासिलिटी अलिक भएन अनि छोडे।

पहिलोपटक दोहोरीमा छिर्दा कस्तो लाग्यो ?
नौलो मान्छे। कोही चिनेको छैन। साथीभाइ भए पो यसो गर्ने उसो गर्ने भन्ने हुन्थ्यो। मलाई त निकै गाह्रो लाग्यो। सुरुमा म गाउन भनी काममा लागेकी थिइनँ। डाइनिङमा भनेर गएकी थिएँ। डाइनिङमा काम गर्दा पनि गाह्रो लाग्यो। काम गर्ने बानी नहुञ्जेल त निकै अप्ठ्यारो महसुस भयो। पछि पछि सबै जनासँग मिलनसार भइयो। वेटरमा काम गर्नेलाई पनि गाह्रो छ। जाँड खाएका मान्छेलाई रिझाउनुपर्ने हुन्छ। 

सुरुमा गाउन पाइएन ?
कहाँ गाउन पाउनु र ? सुरुमा त वेटरबाट काम थालेकी हुँ। वेटर गर्न थालेको पन्ध्र महिनापछि मात्रै स्टेजमा चढेकी हुँ।

तपाईंलाई दोहोरी गाउन रहर थियो कि बाध्यता ?
बाध्यता नै हो। पढाइ पनि कम छ। पढाइअनुसारको जागिर नेपालमा पाइँदैन पनि। मेरो घर सिन्धुली हो। बहत्तर तिरत्तर सालमा गायिका बन्छु भनी काठमाडाैं आएकी हुँ। गायिका बन्न सजिलो रहेनछ।  काठमाडांैमा टिक्नका लागि केही गर्र्न प-यो भनी जागिरको खोजिमा लागेँ। पढाइ थोरै भएर जागिर कतै पाइनँ। जागिरको सिलसिलामा दोहोरीमा वेटर गर्न पुगेकी थिएँ।

कसैको माध्यमबाट कि आफैं गइयो ?
एकजना दाइले मलाई कोटेश्वरको सालघारी दोहोरीसाँझमा पु-याइदिनुभएको थियो। यसरी मैले कामको सुरुवात गरेकी हुँ।  काम गर्दागर्दै पन्ध्र महिना बितेको  पत्तै भएन।

तपाईंलाई वेटर सजिलो कि गाउन ?
सबै काम उस्तै हो। आफ्नो ठाउँमा दुवै राम्रो। काम सानो ठूलो भन्ने लाग्दैन। मैले पन्ध्र महिना काम गर्दा वेटर नै सजिलो लागेको थियो। अहिले गीत गाउँछु। अहिले वेटर ठिक लाग्छ। आफ्नो ठाउँमा दुवै सजिलो। तर वेटरलाई अलिक हेपेर बोल्ने गर्छन्।

हेपेर भन्दा कस्तो नि ?
अपाच्य शब्दहरु बोल्ने गर्छन्। रक्सी खाएको मान्छेले कस्तो बोल्छ। मै हुँ भन्ने बोल्ने। गेष्टहरु मात्दै गएपछि नै हो छाडा बोल्ने। अरु बेला त ठिकै बोल्छन्।  मानौं उनीहरु नराम्रो सोच लिएर दोहोरीसाँझमा आएका हुन् भन्ने लाग्छ। काम गर्न थालेको सुरुसुरुमा त म दोहोरीसाँझको भ-याङमा बसेर रोएकी छु। मलाई पारिवारिक होला भन्ने लागेको थियो। तर, पारिवारिक जस्तो नलागेर अनेक बोल्नेहरु आउँदा रहेछन्।
त्यहाँको सञ्चालिका पनि म्याम नै हुनुहुन्थ्यो। उहाँले माया गर्नुहुन्थ्यो। सम्झाइबुझाइ गर्नुभयो। काम गर्दै जाँदा त्यस्तो व्यवहार सहँदै गइयो। अहिले त केही जस्तो लाग्दैन।

धेरै जसो गेष्ट त सेक्सुअल सोच लिएरै आएका हुन्छन् रे नि ?
सही हो। उनीहरु राम्रा राम्रा केटी पाइन्छन् भन्ने सोच लिएर आएका हुन्छन्। नाइटमा काम गर्ने मान्छे भनेपछि उनीहरुको नजर नै फरक हुन्छ। उनीहरु रक्सी नखाउञ्जेलसम्म साधु नै थिए। फकिनेहरु जान्छन् जसलाई इज्जतभन्दा पनि पैसा प्यारो हुन्छ।

गेष्टले भनेपछि जान्छन् र ?
मैले देखेकी छु। कतिपय पैसाको पछि लागेका हुन्छन्। होल नाइट इन्जोय गर्न एक ठाउँबाट अर्कोसँग घुम्ने बहानामा निस्केका हुन्छन्। जसलाई पैसाको मतलब हुन्छ। सबै भन्ने होइन। सयमा एक दुईजना त यस्ता निस्कि हाल्छन्।

पाईंलाई नि प्रस्ताव आयो होला ?
रक्सी खाएपछि गेष्टले यस्तो गरिदिन्छु उस्तो गरिदिन्छु त भनिहाल्छन् नि ? तर, मलाई त्यस्तो गरेर पैसा कमाउनु छैन।

Leave A Comment