ज्याकलिनको सम्भावना

बिहिबार, ०२ भदौ २०७३, १२ : ३४ शुक्रवार , Kathmandu
ज्याकलिनको सम्भावना

फिल्म ‘बागी’को सिक्वेल बन्ने खबर सार्वजनिक भएपछि फिल्ममा कसले अभिनय गर्लान् भन्ने अनुमान गर्दै आइएको थियो । स्रोतका अनुसार अभिनेता टाइगर स्रोफ मुख्य भूमिकामा देखा पर्नेछन् । उनको जोडी भएर कुन अभिनेत्रीले अभिनय गर्ने भन्ने चाहिँ तय भएको छैन । यद्यपि, निकट स्रोतका अनुसार फिल्ममा अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई काम गराउने विषयमा छलफल भइरहेको छ । ‘ज्याकलिनले काम गर्ने अवसर पाउने सम्भावना पनि छ । त्यस्तै, कृति सेननबारे पनि छलफल भएको छ,’ स्रोतलाई उद्धत गर्दै समाचारमा भनिएको छ । फिल्मलाई साजिद नाडियाडवालाले निर्माण गर्न लागेका हुन् ।

Leave A Comment