सुरक्षाको गुनासो

बिहिबार, ०८ फागुन २०७६, १२ : २५ शुक्रवार
सुरक्षाको गुनासो

फरक भूमिका गरेर आफूलाई भिन्दै किसिमले बनेकी हुँ भन्ने देखाउन लागिपरेकी सुरक्षाले राम्रै फिल्म पनि खेलिन्। ‘गोपी’, ‘धनपती’, ‘चङ्गा चेट’, ‘अझै पनि,’ फिल्ममा उनलाई अलि फरक नै देखिन्छ।

यतिबेला उनी अभिनित ‘आमा’ प्रदर्शनको तयारीमा छ। फिल्ममा महिलालाई फोकस गरेर नलेखिएको गुनासो गर्दै चुनौतीपूर्ण भूमिकामा आफूलाई काम गर्न मज्जा आउने बताएकी छन्।

यतिबेला ‘आमा’बाट निकै अपेक्षा गरिएको छ। एक त, यो ‘पशुपतिप्रसाद’का निर्देशकको फिल्म हो, अर्को चाहिँ छोरीको सशक्तीकरणको कथा यसले भन्दैछ।

तर हालै सुरक्षाले रमाइलो कुरा सुनाइन्। उनले भनिछन्, ‘अधिकांश फिल्म पुरुषहरुले लेख्ने भएकाले महिलामाथि ठूलो विभेद भइरहेको छ। महिलाका भावना नै समेटिदैनन्।’

अरे बाबा ! पुरुषले फिल्म लेख्ने मात्र होइन, निर्देशन पनि गरिरहेकै छन्। फिल्मको क्याप्टेन त निर्देशक हो नि ! निर्देशकलाई आलोचना गर्नुको साटो बबुरो लेखकलाई के गाली गरिरहेको होला ! ऊ त एउटा सानो पिउसो मात्र त हो !
अब सिधासिधा निर्देशकलाई नै गाली गर्न मिलेन र पो त ! हैन त ?

Leave A Comment