दर्शकले चिन्दैनन् सुशील

बिहिबार, ०८ फागुन २०७६, १२ : ४८ शुक्रवार
दर्शकले चिन्दैनन् सुशील

फिल्म ‘होस्टेल रिर्टन्स’बाट डेब्यु गरेका सुशील श्रेष्ठको दुःख एउटा छैन, अनेक छन्। पहिलो कुरा त आधा दर्जन फिल्ममा उनले अभिनय गरिसकेका छन् र पनि मानिसले उनलाई एउटा गतिलो हिरोका रुपमा चिन्दैनन्। उनी अभिनित ‘सायद २’, ‘कारखाना’ र ‘बादशाह जुट’को हल्ला चर्कै भए पनि कुनै लछारपटार लाउन सकेनन्। बक्सअफिसमा उनका फिल्म टाट नै पल्टिए। उनको पहिलो फिल्म ‘होस्टेल रिर्टन्स’ भने हिट भएको थियो तर पछिका फिल्ममा उनको अभिनय पनि गतिलो भएन र निर्माता–निर्देशकले फिल्ममा खेलाउने आँट पनि गरेनन्।

पछिल्लो पटक फिल्म ‘लभ डायरिज’मा उनी देखिएका छन्। फागुन २ गते देखि प्रदर्शनमा आउने तयारीमा रहेको ‘लभ डायरिज’ हिट र फ्लपले उनको अभिनय यात्रामा व्यापक प्रभाव पार्ने भएकाले यतिबेला उनी व्यापक प्रचार गरिहेका छन्। तर पनि दर्शकले उनलाई चिनेको देखिदैन। आधा दर्जनमा ‘हिरो’ हुनु तर पनि दर्शकले नचिन्नु त दुःखको कुरा हो नि ! तर पनि हेर्नुस्, उनको उत्साह कम देखिदैन।
यसैलाई भन्छन्, लामो रेसको घोडाको ताल !

Leave A Comment