ड्रेसको चर्चा

बिहिबार, ०८ फागुन २०७६, ०१ : ०४ शुक्रवार
ड्रेसको चर्चा

बुधबार फिल्म ‘सेल्फी किङ’को रेट कार्पेट तथा प्रिमियर थियो। हलमा कलाकार र पत्रकार भरिएका थिए। कार्यक्रममा अलि ढिलै गरी नम्रता श्रेष्ठ छिरिन्। उनको शैली र ड्रेसको चर्चा नहुने कुरै भएन। माघे जाडोका बेला पनि अरुलाई न्यानो पार्ने ‘हट’ बनेर फिल्म हेर्न पुगेकी नम्रतालाई नहेर्ने कोही भएनन्। उनलाई भन्दा पनि उपस्थित भएकाहरुको नजर उनले लगाएको ड्रेसमा अडिइरह्यो।

तर उनलाई अरुका गिद्दे आँखाको मतलब थिएन। उनी फोटो खिचाउनमै व्यस्त रहिन्। अरुको ध्यान खिँच्न के गर्नुपर्छ, उनलाई जति कसलाई थाहा होला र ? अनुभवी भन्या अनुभवी नै हुन् क्या !

Leave A Comment