उदाउने दाउँमा निशा

बिहिबार, ०८ फागुन २०७६, ०१ : १३ शुक्रवार
उदाउने दाउँमा निशा

वैवाहिक जीवनमा बाँधिएपछि मिडियाबाट ओझेलमा परेकी अभिनेत्री निशा अधिकारी पुनः फिल्मी माहोलमा सल्बलाउन थालेकी छन्। क्रिकेटर शरद भेषवाकरसँग लगन कसेर छोरासमेत जन्माइसकेकी निशा पछिल्लो समय विभिन्न कार्यक्रममा देखिन थालेकी छन्।

पछिल्लो समय उनले फिल्ममा फर्कने योजना सुनाइरहेकी छन्। ‘तत्काल फिल्ममा आउने त होइन,’ उनले हालै एउटा फिल्मको प्रियमरका बेला भनेकी थिइन्, ‘भर्खरै त छोरो २१ महिनाको भयो ! अब ऊ स्कुल जान थालेपछि फिल्ममा फर्कने योजना छ।’

निशालाई अब हिरोइनको अफर त नआउला ! फिल्ममै व्यस्त हुनका लागि उनले आफैँ निर्माता हुनुको विकल्प छैन। ‘झ्यानाकुटी’ बनाएर हात जलाइसकेकी उनलाई फर्कन पनि गाह्रै छ। हामी चाहिँ हिम्मत नहार्ने नै सल्लाह दिन्छौँ है !

Leave A Comment