विवादित किताब च्याप्दै सेलिब्रिटी

बिहिबार, ०८ फागुन २०७६, ०१ : ३७ शुक्रवार
विवादित किताब च्याप्दै सेलिब्रिटी

हलिउडका सेलिब्रिटीहरु किताब भनेपछि हुरुक्क हुन्छन्। त्यसैले पनि अरुको नजरमा चढ्नका लागि देखासिकी गर्नुपर्दा अघिल्लो साता सल्मा हायक विवादमा परिन्। उनले ओप्रा विन्फ्रेले सिफारिस गरेको किताब ‘अमेरिकन डर्ट’ उपन्यास आफूले पढिरहेको भन्दै तस्बिर सार्वजनिक गर्दा विवादित बनेकी थिइन् र त्यसका लागि उनले माफी पनि मागिसकेकी छन्।

पढन्ते सेलिब्रिटीका रुपमा एम्मा रोबर्टस, जेना बुस हेगर, रिजी विदरस्पुनसम्म पर्छन्। यतिबेला आफूले उपन्यास गलत भए पनि वा यसले अमेरिकालाई गलत तरिकाले प्रस्तुत गरेको भए पनि यो उपन्यासले आफूलाई मोहित बनाएको प्रतिक्रिया दिएकी छन्। उनले भनिन्, ‘उपन्यासले मलाई पूरै कब्जा मात्र गरेको छैन, म आफैँ कब्जा हुन स्वीकृति दिएकी छु। त्यसैले पनि मैले यो पुस्तक पढ्न सुझाव दिएकी थिएँ र अझै पनि दिन्छु।’

उता अस्कर पुरस्कार प्राप्त अभिनेत्रीको नजरमा भने फरवरीका लागि नपढी नहुने पुस्तकको सूचीमा उपन्यास ‘द सेन्ट किपर’लाई राखेकी छन्। ‘यो किताब यति मज्जाको छ कि एउटी युवती एमालिनले आधुनिक युगमा पहिलो पाइला चाल्दाको अनुभूति साँच्चिकै दिल छुने किसिमको छ। प्रेम, परिवार र आफैँबारे उसले अभिव्यक्त गर्ने तरिकाले तपार्इंलाई मोहित बनाउनेछ।’

यता जेना बुसले भने ‘वि विस यु लक’ उपन्यासलाई रुचाइरहेकी छन्। ‘हामी जीवनमा कयौँ कुरा सित्तैमा पाएजसरी महत्व दिँदैनौँ,’ उनले लेखेकी छन्, ‘त्यसको महत्व यो उपन्यासले बुझाउन खोजेको छ।’ उपन्यासमा नाइजेरियाका अति कम न्यून भएकाहरुको संघर्ष कथा पस्किएको छ।
अब सेलिब्रिटीले पत्याएको उपन्यास भएपछि त अरुले पनि त पछ्याउने नै भए ! कि कसो ?

Leave A Comment