जेनिफरको बेस्ट त आउनै बाँकी !

बिहिबार, ०८ फागुन २०७६, ०१ : ४७ शुक्रवार
जेनिफरको बेस्ट त आउनै बाँकी !

‘फ्रेन्ड्स’ सिरियलबाट चर्चामा आएकी अभिनेत्री जेनिफर एनिस्टनको चर्चा त्यो बेला चुलियो, जब उनी प्रख्यात कलाकार ब्राट पिटसँग जोडिइन् र विवाह गरिन्। ब्राडसँगको सम्बन्ध तोडिएपछि उनले केही फिल्म त खेलिन् तर ती फिल्मले सोचेजस्तो चर्चा बटुल्न सकेन। यतिबेला एप्पल टिभीमा ‘द मोर्निङ सो’ चलाइरहेकी उनले आफ्नो बेस्ट चिज आउन अझै बाँकी रहेको बताइरहेकी छन्। ५१ वर्षकी यी अभिनेत्रीले भनिरहेकी छन्, ‘हेर्दाहेर्दै कसरी यत्तिका ३० वर्ष म यो मनोरञ्जन उद्योगमा बिताएँ, पत्तै भएन। अनुभवले म यति पाकेकी छु कि अब त मेरो बेस्ट चिज मात्र आउने हो।’

उनका लागि सबैभन्दा रोचक क्षण चाहिँ हालै भएको सन् २००४ मा शुरु भएर एक दशकसम्म तन्किएको शृंखला ‘फ्रेन्ड्स’का साथीहरुसँग पुनर्मिलन नै थियो। यो पुनर्मिलन कस्तो भयो त ? ‘हाँसेरै झण्डै मरियो नि !’ उनको प्रतिक्रिया थियो।

Leave A Comment