‘राइज’को भिडियो

शुक्रबार, ०३ भदौ २०७३, ११ : ५४ शुक्रवार , Kathmandu
‘राइज’को भिडियो

अमेरिकी गायिका केट पेरीले ब्राजिलमा चलिरहेको रियो ओलम्पिकको थिमसँग मिल्दो गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् । पेरीले रियो ओलम्पिकको थिम ‘राइज’सँग मिल्ने गीत ‘राइज’ यसअघि नै सार्वजनिक गरेकी थिइन् । उनको यो गीतको भिडियो पनि ओलम्पिक जारी रहँदा नै सार्वजनिक भएको हो । यो गीतलाई अमेरिकी टेलिभिजन एनबीसी स्पोट्र्सले रियो ओलम्पिकको प्रत्यक्ष प्रसारणका क्रममा देखाउने गरेको छ । यस पटकको ओलम्पिकको थिम ‘राइज’ नै हो ।
म्युजिक भिडियो सार्वजनिक नहुँदै पेरीको गीत ‘राइज’ संसारभर लोकप्रिय बनेको थियो । त्यसैले उनलाई यो म्युजिक भिडियो ओलम्पिक चलिरहेकै बेला सार्वजनिक गर्नुपर्ने दबाब थियो । दबाबकै कारण निकै दुःख गरेर भिडियो सार्वजनिक गरेको उनले बताएकी छिन् । ‘हामीले निकै मेहनत ग¥यौँ,’ पेरीले ट्वीट गरेकी छिन् ‘रगत, पसिना र आँशु बगाएर ‘राइज’को भिडियो ल्याउन सफल भयौँ ।’
गायीका पेरी आफैँले अभिनय गरेको यो भिडियोलाई पोल गारेले निर्देशन गरेका हुन् । भिडियोमा कडा संघर्षका क्रममा गर्नुपर्ने दुःख र त्यसबाट प्राप्त हुने सफलता र सन्तुष्टिलाई देखाउन खोजिएको छ । यो भिडियो युट्युबमा निकै लोकप्रिय भएको छ ।

Leave A Comment