धरापमा माया

बुधबार, १४ फागुन २०७६, १२ : ११ शुक्रवार
धरापमा माया

पहिला म एक्लै थिएँ दिन राम्रोसँग बितेका थिए तर फेसबुकमा एउता केटाको रिक्वेस्ट आयो २ महिनामा एसेप्ट  गरेँ। साथी भएपछि कुराकानी भेटघाट हुन थाल्यो। उसले गौशालामा मलाई भेट्न बोलायो अनि म  भेट्न गएँ। उसले मेरो मोबाइल चेक ग-यो र त्यसपछि मलाई प्रपोज ग-यो। मैले स्वीकार गरिनँ अनि हामी त्यसै कुराकानी गरेर बसेका थियौँ। एकछिनमा मेरो अफिस जाने बेला भयो त्यति बेला धेरै ठूलो पानी परेको थियो। केटाले भन्यो, सानु हजुर पानीमा भिजिसिन्छ नगइसियो अफिस। मैले जसरी भए पनि अफिस जानु पर्छ भनेँ।  जानै पर्ने भए म बाइक यहीँ छोडेर हजुरलाई ट्याक्सीमा पु¥याइदिन्छु भन्यो। त्यसपछि उसले मलाई ट्याक्सीमा अफिस पु-याएर फर्कियो। उसले मलाई लास्टै माया गथ्र्याे। मैले जे भन्यो त्यही मान्थ्यो, मैले पनि उसले भनेको सबै कुरा मान्थेँ।

हाम्रो माया प्रेम गाढा हुँदै गयो। दुवै जनालाई घुम्न मन पथ्र्यो मस्तीले घुम्थ्यौँ। सम्बन्ध राम्रै चलिरहेको थियो। बीचमा एउटा केटी मसँग बोल्न आई। मैले अफिसमा देखेको भएर बोल्न आइ होला भन्ने सोचेर बोलेँ तर मलाई आकाशबाट खसेजस्तो फिल भयो त्यो केटीको कुरा सुन्दा। उसले मलाई प्रपोज गर्दा सानु हजुर मलाई लास्टै मन प-यो, आई लभ यू, मैले मेरो लाइफ पार्टनर पाएँ तिमी को हो भनी। त्यो केटी नै उसको गर्लफ्रेण्ड रैछे। मलाई त्यो केटीले भनेपछि मात्र थाहा भयो। त्यो केटाले भन्दा चाहीँ सानु मैले तिमीबाहेक कसैलाई चिन्दिन, दुनियाँको कुरा नगर भन्थ्यो। प्लान बनाएर त्यो केटी उसले थाहा नपाउने गरी हामी भएको ठाउँमा आई तर केटाले थर्काएर को हो तिमी मैले चिन्दिन भन्यो अनि त्यो केटी रुँदै फर्किई। मैले उसलाई लास्टै माया गर्थेँ त्यसैले त्यो कुरालाई मैले वास्ता गरिनँ। बिस्तारै हाम्रो रिलेसन भएको छ महिना भयो। त्यसपछि उसले मलाई कम समय दिने, खासै वास्ता नगर्ने, नभेट्ने गर्न थाल्यो। उसले मलाई पनि त्यो केटीलाई गरे जस्तो गर्छ कि भनेर भेटेर ब्रेकअपको कुरा गरेको ऊ धेरै रोयो। फेरि मेरो कमजोरी केटाको आँखामा आँसु देख्न सकिनँ र म पनि रोएँ। त्यसपछि उसले भन्यो सानु मैले तिमीलाई साँचो माया गरेको छु। दुनियाँको कुरा नसुन, फ्री भएको बेला मैले समय दिएकै छु भनेर फर्कियो। बीचमा भ्यालेन्टाइन सप्ताह सुरु भयो। सेलिब्रेट गरौँ न भन्दा बच्चा हो र अफिसमा जब गर्ने मान्छे अब फोनमा कुरा गराैँला तर भेट्न भ्याउदिनँ सानु भन्यो, मैले विश्वास गरेँ लास्टमा प्रपोज डे को दिन अर्की केटीसँग देखेँ। ऊ मलाई देखेर भाग्यो। मलाई एकदमै रिस उठ्यो अनि म पागल जस्तै भएँ। उसलाई केटीको बारेमा सोध्दा चिन्दिन म कुन चाहिँ केटी हो भन्यो। अब चाहिँ अति भो भनेर  वास्ता गर्न छाडेँ।  भ्यालेनटाइन डेको दिन उसले फोन गरेर सानु आइ लभ यू , ह्याप्पी भ्यालेन्टाइन डे भन्यो।  अनि मैले किन अरु केटीलाई भेट्न बोलाएनौ भन्दा प्लिज सानु अरु दिन झगडा गरे पनि आजको दिन नगर, भेट्न आउ म तिम्रो घर अगाडि छु भन्यो उसले, मैले आउँदिन भन्न सकिनँ।  उसको ताल देख्दा अचम्म लाग्छ, म उसलाई छोड्न नि सक्दिन, विश्वासमा पनि बस्न पनि सक्दिन के गरुँ।

Leave A Comment